कोलोराडो, २७ अगस्ट / प्रहरीको गोलीबाट कोलोराडोमा बस्ने २७ वर्षीय वीरेन्द्र ठकुरीको मृत्यु भएको हो । सडकमा केही व्यक्ति झगडा गरिरहेको खबरको आधारमा प्रहरी घटनास्थलमा पुग्दा सो घटना हुन् पुगेको प्रहरीले जनाएको छ ।
घटनाको कारण भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वेस्टमिनिस्टर प्रहरीले दिएको विज्ञप्ति अनुसार सडक पेटीमा धेरै व्यक्ति भएकोमा दुई व्यक्ति प्रहरी तर्फ बढेको र प्रहरीको आदेश नमानेको कारण घटना हुन् गएको जनाएको स्थानीय समाचार माध्यमले उल्लेख गरेका छन् ।
सडकमा रहेको बखतमा गोली नै किन प्रहार गर्नु पर्यो भनी स्थानीयको जिज्ञासा रहेको छ । अमेरिकामा प्रहरीको शरीरमा भिडियो क्यामेरा हुने हुँदा घटनाको सहि विवरण प्राप्त हुनेछ ।






प्रतिक्रिया लेख्नुहोस्:-