काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन्। पूर्वमन्त्री समेत रहेका नेता रिजालले मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन्।
कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्नेमा जोड दिँदै नेता रिजालले त्यस मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए।
भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको चर्चा गर्दै नेता रिजालले भने, ‘अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नुहुँदैन। कांग्रेस पार्टीले निर्णय नै गरेको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-