काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि उच्च अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको हो।
आज नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
३२२ स्क्रिप्सको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँमा कारोबार भयो। दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
प्रतिक्रिया लेख्नुहोस्:-