अमेरिका, २९ अगस्ट/ एसोसिएसन ऑफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा), एसोसिएसन ऑफ नेपलिज इन साउथ इष्ट अमेरिका (नासा) र एसोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज (एएनए) ले संयुक्त रूपमा आगामी २०१८ अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म शिकागो सहरमा नेपाली नेशनल कन्भेन्सन गर्न गइरहेका छन्।
कार्यक्रम विभिन्न फोरमहरूका अलावा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । सोही अवसरमा माधव कुमार नेपाल, विश्व प्रकाश शर्मा र सुरेन्द्र पाण्डे सम्मिलित समृद्ध नेपाल फोरम समेत संचालन हुन् लागिरहेको छ ।
कार्यक्रमको उद्घाटन शुक्रबार साँझ ७ बजे रोजमन्ट सिकागो सहरमा रहेको हिल्टन होटेलमा हुन् गइरहेको छ । सम्मेलनमा सहभागिता जनाउन अमेरिकाको बिभिन्न राज्यमा रहेका नेपालीहरु त्यसतर्फप्रस्थान गरिरहेकाछन् ।
सम्मेलन को विस्तृत जानकारी तलको लिंकमा छ; https://nepalinationalconvention.org/







प्रतिक्रिया लेख्नुहोस्:-