काठमाडौं ।केही दिनदेखि लगातार ओरालो लागेको बेयर बजार साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले घटेको छ । आज नेप्से ५३ अंकले घटेको हो ।
आइतबारको कारोबारपछि समग्र बजार मापक परिसूचक २६९५.९३ विन्दुमा कायम छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।
आज १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब २४ करोडको सेयर खरिद–बिक्री भएको थियो ।
घट्दो बजारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनी सेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया लेख्नुहोस्:-