Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

भन्छन्, मलाई ठूलो ऊर्जा मिलेको छ

भदौ १७, २०८० ११:५५ मा प्रकाशित
अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
सेप्टेम्वर २
“रजतपट अंकल”को नामले चर्चित सेलिब्रेटी रंग पत्रकार एवं कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी यतिवेला अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीले उनको सम्मानमा आयोजना गरेका कार्यक्रममा निकै ब्यस्त रहेका छन् । “रजतपट विश्वयात्रा”को क्रममा पत्रकार सुवेदी अमेरिका आएका हुन् । कार्यतालिका अनुसार उनलाई अमेरिकामा यतिवेला “भ्याइनभ्याइ” नै छ ।

अगष्ट महिनाको अन्तिम साता जर्जिया उडेका पत्रकार सुवेदीको सम्मानमा नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नासा)ले शनिवार “मिट एण्ड ग्रीट वीथ प्रकाश सुवेदी” नामका एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण बनेका पत्रकार सुवेदीसंग कार्यक्रममा उपस्थित दर्शकहरुले ब्यग्र प्रतिक्षाका साथ प्रश्नोत्तर गरेका थिए ।

यसअघि उनको सम्मानमा अलवामा राज्यमा रहेको क्याल्हन कम्युनिटी कलेजमा एक विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सुवेदीले संचालन गरेको ‘रजतपट’र ‘द प्रकाश सुवेदी शो’ को दर्शकहरुले प्रशंशा गर्दै कार्यक्रमको प्रगतिको कामना गरेका थिए ।
जर्जिया राज्यमा रहेका नेपाली समाजका अभियन्ता एवं पर्यटनदूत राजा घले लगायतले प्रकाश सुवेदीले नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा विस्तार गर्न ठूलो योगदान पुर्याएको बताएका थिए । उनको सम्मानमा विश्व हिन्दु महासंघ एटलाण्टा शाखाले पनि कार्यक्रम गरेको थियो ।

दूरवीनसंग कुरा गर्दै चर्चित पत्रकार सुवेदीले अमेरिकाको भ्रमणवाट आफूलाई नै चिन्ने मौका मिलेको बताए-“वास्तवमा हाम्रो कार्यक्रम अमेरिकामा यति धेरै लोकप्रिय छ र हामीलाई यतिधेरै सम्मान मिल्छ भन्ने सोचेका थिएनौ, यस सम्मान र नेपाली समुदायले देखाएको अपार स्नेह र लगाववाट निकै उत्साही भएको छु” , उनले भने ।

कार्यक्रम तालिका अनुसार पत्रकार सुवेदी जर्जियावाट ओहायो पुग्नेछन् । त्यहाँ रहेका नेपाली एवं भूटानी मुलका नेपालीहरुसंग उनले अन्तरकृया र भेटघाट गर्नेछन् । ओहायो राज्यमा मात्रै उनको सम्मानमा ५ वटा कार्यक्रम राखिएको छ ।
ओहायोपछि कोलोराडोको डेनभर र टेक्सासको ड्यालस र अस्टिन शहरमा उनको सम्मानमा ‘मीट एण्ड ग्रीट वीथ प्रकाश सुवेदी’ कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ उनले नेपाली सिनेमाको बर्तमान अवस्था र बजार विविधिकरण लगायतका विषयमा नेपालीहरुसंग छलफल गर्नेछन् । त्यसैगरि, नेपाली कलाकारहरुको बाहुल्यता रहेको वाल्टिमोर, भर्जिनिया र बासिंगटन डीसीमा पनि उनको सम्मानमा कार्यक्रम आयोजना गरिएको छ । बाल्टिमोरमा उनको सम्मानका नेपालमा चर्चित रहेका २२ जना कलाकारसंग पिकनीकको कार्यक्रम समेत राखिएको छ ।

कार्यक्रमकै शिलशिलामा पत्रकार सुवेदी नेपालीहरुको बाहुल्यता रहेको न्यूयोर्क जानेछन् । त्यहाँ पनि उनले नेपाली सिनेमाको विकास र अन्तराष्ट्रियकरण लयागतका विषयमा कार्यक्रममा सहभागीहरुसंग अन्तरकृया गर्नेछन् । न्यूयोर्कमा उनको सम्मानमा “मिट एण्ड ग्रिट कार्यक्रम “राखिएको छ ।
नेपालीहरुसंग अन्तरकृया र भेटघाटको शिलशीलामा उनी क्यानडाको राजधानी टोरन्टो पनि जाने कार्यक्रम तय भएको छ । टोरन्टोमा रहेका एक नेपाली विश्व भण्डारीले प्रकाश सुवेदीलाई आफूले टिभीमा देखेको र उनको प्रश्न सोध्ने शैलीको फ्यान भएको बताउदै भने,-‘म उहाँलाई भेट्न पाउने खवरले निकै उत्साहित भएको छु ‘।
‘यसपटकको मेरो अमेरिका बसाईको अन्तिम कार्यक्रम क्यालिफोर्नियाको स्यानफ्रान्सिस्कोमा हुने छ,’ पत्रकार सुवेदीले भने, “अन्य ठाउहरुवाट पनि साथीहरुले निम्ता गरिरहनु भएको छ तर यसपटक भ्याइएला जस्तो छैन” । उनले अमेरिकामा नेपाली चलचित्रले राम्रो ब्यापार गर्न सक्ने संभावना रहेको र आफ्नो कार्यक्रमले त्यसलाई थप प्रोत्साहित गर्ने बताए ।

त्यसो त पत्रकार सुवेदीले सोध्ने गरेका प्रश्नहरु आफैमा टिकटकमा ट्रोल र भाइरल हुने गरेका छन् । नेपालका चर्चित सिनेकर्मी, रंगकर्मी एवं नेताहरुलाई आफ्नो “द प्रकाश सुवेदी शो “मा ल्याएर ‘धर्मसंकट’ र ‘ब्याख्या नगरिकन’ जस्ता प्रश्नहरु सोधेर हायलकायल पार्ने  शैली सामाजिक संजालमा “ट्रोल” नै बन्ने गरेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result