काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।
उनले मंगलबार प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै यस्तो बताएका हुन् ।
उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-