कविवर,
तिमीले फूलका धेरै कविताहरू लेख्यौ
अनि सागर, तारा र सगरमाथाका पनि,
अब मानिसका कविताहरू लेख
जहाँ माया, विश्वास र शान्तिका कुराहरू हुन्छनतिम्रो कवितामा अनाथ बाल- बालिका
वृद्ध आमा-बा र एकल महिलाहरू खोई
असहाय नर-नारी, लाटा- बैरा, निमुखा
हत्या र बलात्कृत महिलाहरू खोई ?
आऊ कवि !
अब आवाज़ विहीनका कविताहरू
र रवि नपुगेका ठाऊँका कविताहरू लेख ।-दुर्गा दाहाल, “ अनुभव ”
क्यालि, अमेरिका







प्रतिक्रिया लेख्नुहोस्:-