काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीबाट लिएको ऋण तिर्नैपर्ने बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीलगाएतसँग छलफल गरेको छ ।
उनले संसदीय विशेष समितिको आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा यस्तो बताएका हुन् ।
छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्त्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-