Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीजको दर : संस्कृतिसँगै विकृति

भदौ २५, २०७५ १:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ भदौ / हरितालिका(तीज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ ।

काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थाल्नुभएको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उहाँ थप्नुहुन्छ, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु अहिलेको विकृति हो ।” उहाँका अनुसार अहिले अरुको देखावटीबाट नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी दाहाल आफ्नो पार्टीले आयोजना गर्ने दर कार्यक्रमले देशभरीका दिदीबहिनीसँग भेटघाट गर्ने अवसर जुराइदिएको बताउनुहुन्छ ।

काठमाडौँमा बसोवास गर्दै आउनुभएकी निर्मला राउत सबैले मिलाएर एकपछि अर्काे गरी दर खाने संस्कृति आफूलाई राम्रो लाग्ने गरेको बताउनुहुन्छ । “पहिले एक जनाले मात्र तीजको अघिल्लो दिन दर खुवाउँदा अर्काेले खुवाएन भन्नेजस्तो लाग्थ्यो, अहिले भने सबैको पालो आउने र भेटघाट गर्ने अवसर जुर्ने हुँदा रमाइलो गर्ने पर्याप्त अवसर पाइन्छ”, उहाँले भन्नुभयो । दर भड्किलोे रुपमा नगरी सामान्य रुपमा रमाइलो गर्ने उद्देश्यले गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
तीजमा धनी वर्गलाई भन्दा गरीब वर्गलाई देखावटीको कारण समस्या हुने गरेको झापाकी रमा न्यौपाने बताउनुहुन्छ । “तीजको दिन भोकै बसेर महिलाहरु खासै नाच्न पनि सक्दैनन्, अगाडि नै दर खाएर रमाइलो गर्नु एक किसिमले रामै्र पनि हो”, उहाँले भन्नुभयो ।

तीज अगाडि नै दर खानुमा राम्रो र नराम्रो दुवै पक्ष रहेको बताउँदै एक दुई महिनाअघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडिदेखि खानु राम्रो रहेको न्यौपानेको भनाइ छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना सङ्गठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दल, सङ्गठन आदिले दर खुवाउँदै आइरहेका छन् ।

विभिन्न सङ्घसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न । कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका उदाहरण हामीसामु छ । गत शनिबार मात्र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस विषाक्त खानाका कारण बिरामी परे । हाल बिरामी उपचारकै क्रममा छन् ।

ती अवसरमा खाइने खानामा आफू स्वयं सचेत हुनुपर्ने त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेल बताउनुहुन्छ । “दर भन्ने शब्द तीजको अघिल्लो दिन भोलिपल्ट भोक नलागोस् भनेर खाइने खाना हो तर अन्य दिनमा खाने खाना दर होइन”, पौडेलले भन्नुभयो । तीजको अगाडि गरिने भेटघाट नराम्रो नभए पनि शब्दको चयनमा ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

अन्य दिनमा घरबाट बाहिर निस्कन नपाएका महिलाले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नयाँ कुरा सिक्ने अवसर पनि पाउने डा पौडेल बताउनुहुन्छ । त्यस्ता अवसर आयोजना गर्दा सरकारी निकायलगायत अन्य सङ्घसंस्थाले महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो । “महिलालाई वैदेशिक रोजगारीलगायत अन्य कानूनी कुरा सिकाउन सकेमा देश र समाज दुवैलाई फाइदा हुन्छ”, उहाँ थप्नुहुन्छ, “महिलालाई सशक्त बनाए मात्र समाजिक समस्या न्यूनीकरणमा केही सहज हुन्छ ।” उहाँका अनुसार तीजका बेला गरिने भेटघाटमा महिला मात्र नभएर पुरुष पनि सहभागी हुनु अर्काे सकारात्मक पक्ष हो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result