काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले २०औँ अनसन सुरु गरेका छन्। सोमबार धनगढी पुगेर उनले अनशन सुरु गरेका हुन्। अनसन थाल्नुअघि उनले सात बुँदे माग पढेर सुनाएका थिए।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने, दाङ, मधेश र गण्डकीमा सरकारी मेडिकल कलेज बनाउनुपर्ने उनको माग छ। यस्तै इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माण गर्न सरकारले सम्झौता गरेपनि काम अघि नबढाइएको भन्दै उनले यी माग तत्काल पूरा गर्न माग गरेका छन्।
क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल बढाउनुपर्ने, जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य संस्थाको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि गर्नुपर्ने पनि उनको माग छ।
प्रतिक्रिया लेख्नुहोस्:-