नेपाली अभिनेत्री परमिता राणालाई दक्षिण भारतीय तलिउडमा अभिनय गर्ने अवसर प्राप्त भएको छ । परमिता इन्स्टाग्राममा तेलगु सुपरस्टार गोपीचरणसँगको तस्विर र फिल्म मुहूर्तको भिडियो सार्वजनिक गरेपछि तेलगु चलचित्रमा डेव्यू गर्न लागेको निश्चित भएको हो ।
एसभीसीसी ब्यानरले बनाउन लागेको फिल्ममा परमिता अडिसनबाट छानिएको जनाइएको छ । पहिलो पटक तलिउडमा प्रवेश गर्दाको क्षणलाई विश्लेषण गर्दे परमिताले गोपिचरणसँग स्क्रिन सेयर गर्न पाउनुलाई सम्मानकोरुपमा लिएको वताउदै आफूले नेपाललाई गर्वीत तुल्याउने वताएकि छिन । साथै उनले यो समय खुशिको शव्द नै नरहेको समेत आºनो इन्स्टामार्फत उल्लेख गरेकी छिन । परमिता नेपालमा हुदा मोडलिङमा वढि सक्रिय थिइन । तर परमिताले अभिनय गर्ने तेलगु चलचित्रको वारे भने केही खुलाएको छैनन ।







प्रतिक्रिया लेख्नुहोस्:-