काठमाडौं । नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।
अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा तीनहजार ८०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ८०८ र भक्तपुरमा ४८० जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाबाहि मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ ।
यीसँगै, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-