Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सब-२०१८ न्युयोर्कमा शुरु

भदौ ३१, २०७५ ३:२४ मा प्रकाशित
दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सब-२०१८ न्युयोर्कमा शुरु
Share on FacebookShare on Twitter

अमेरिका, १५ सेप्टेम्बर/ नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले आयोजना गरेको दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८ आज देखि न्यू योर्कको क्विन्समा सुरु भएको छ । महोत्सबको उत्घाटन कार्यक्रमको प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिकाको उप-संयोजक नबिन शेरचन र फिप्नाका अध्यक्ष मानबहादुर राना मगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर र नेपाल चलचित्र विकास बोर्डको सदस्य सचिब महेन्द्रप्रसाद शांखी, नेपाली बाणिज्यदुत कृशु क्षेत्री र काउन्सिल मेन कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सबको ब्यानर ओपन गरेर उत्घाटन गरिएको हो । उत्घाटन सत्रमा नेपाली र अमेरिकी राष्ट्रगानका साथै नेपाली आदिवासी राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो ।
उत्घाटन सत्रमा बोल्दै फिप्ना अध्यक्ष मान रानामगरले जनजातिको पहिचानको मुद्दालाई स्थापित र सस्थागत गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै जनजातिको मौलिक भाषा, सस्कृति, सस्कार, रिति-रिवाज र धर्मलाई संरक्षण र सम्बर्दन गर्न यस्ता महोत्सबले सहयोग पुर्याउने बताउनु भयो ।
प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिकाको उप-संयोजक नबिन शेरचनले महासंघले महोत्सवको आयोजना गरेकोमा प्रसंसा गर्दै सबै जना एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । साथै, उहाँले यस्ता महोत्सव जनजातिको पहिचानसंग जोडिएकोले नेपाल सरकारले आउने दिनहरुमा ठोस रुपमा सहयोग गर्नु पर्ने आग्रह गर्नु भयो ।
नेपाल चलचित्र बिकास बोर्डका सदस्य सचिब महेन्द्र शांखीले सरकारले जनजातिको भाषा, सस्कृति संग सम्बन्धित चलचित्रको निर्माण गर्न सहयोग गर्न नसकेको स्वीकार गर्दै विदेशको भूमिमा आयोजना गरिएको यो फिल्म महोत्सबले आदिवासी चलचित्रको विकास र प्रबर्धन मा टेवा पुग्ने बताउनु भयो ।
नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृसु छेत्रीले महोत्सब सम्बोधन गर्दै नेपाली आदिबासी जनजातिको सास्कृतिक सम्पदाहरु राष्ट्रकै सम्पदा र सम्पत्ति भएको उल्लेख गर्नुभयो । छेत्रीले सरकारको तर्फबाट सक्दो सहयोग गर्न र महासंघसंग हातेमालो गरेर अघि बढ्न महावाणिज्य दूतावास तयार रहेको बताउनु भयो।
उद्घाटन सत्रमा न्यु योर्क सहरका काउन्सिलम्यान कोस्टा कोण्टाण्टिनिडिसले महोत्सवले नेपाली आदिवासीहरुको संस्कृतिको प्रबर्धन गर्ने बताउँनु हुँदै आयोजक महासंघ र महासंघको नेतृत्व बर्गलाई आभार व्यक्त गर्नुभयो ।
आदिवासी चलचित्र महासंघ, नेपाल केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारले महोत्सव सफलताको शुभकामना बिज्ञप्तिमार्फत ब्यक्त गर्दै आदिबासीको लोप हुँदै गएको संस्कार र संस्कृतिलाई चलचित्रको माध्यमबाट संरक्षण र प्रबर्धन गर्न मद्दत पुगेको बताउनु भयो ।
फिप्ना संघीय परिषदका सभामुख बिनोद पोमोले यस्ता महोत्सवले जनजाति चलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरुलाई प्रोत्साहन र उर्जा थप्ने बताउँदै सहयोगी संघ संस्थाहरुलाई धन्यबाद व्यक्त गर्नु भयो ।
नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड-२०१८ महोत्सव संयोजक तथा फिप्ना वरिष्ठ उपाध्यक्ष राज कुमार बिष्टले महासंघले नेपालको आदिवासी जनजातिहरुको भाषा, संस्कृति र रिति-रिवाजहरुको संरक्षण, सम्बर्दन तथा सम्बर्दनको लागि बन्ने आदीवासी जनजाति संस्कृतिमा आधारित चलचित्रहरुको बिकास र बजार प्रबर्दनको लागि सहयोग पुर्याउने र आदिवासी चलचित्रकर्मीहरुलाई सहयोग तथा प्रोत्शाहन गर्ने उदेश्यले गत वर्ष २०१७ देखि “नेपाल आदिवासी चलचित्र महोत्सव” सुरुवात गरेको बताउँनु हुँदै महोत्सबलाई भब्य रुपमा सफल पार्न प्रायोजक, स्वयमसेवी, सदस्य तथा सहयोगी संघ संस्थाहरु र संचारकर्मीहरुको अहम् भूमिकाको निम्ती हार्दिक आभार व्यक्त गर्नु भयो ।
महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये ११ चलचित्रहरु दुई दिने महोत्वसमा प्रदर्शन गरिनेछ । उक्त महोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शन गरिने छ । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुको व्यबस्था गरिएको छ । यो महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कार एक लाख पचिस हजार रुपैयाँ नेपाल सरकारको चलचित्र बिकास बोर्डले प्रायोजन गरेको छ ।
महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि ‘आदिवासी चलचित्र महासंघ, नेपाल’ केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भुपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको पाँच सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एबम डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो । नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्ये सम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामा एक एक वटा छनौट गरि महोत्सबको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको छ ।
महोत्सव तथा निफ्फ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएको चलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको छ । त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ सम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको छ ।
त्यसैगरी, अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको साँस्कृतिक संस्था अथवा महासंघको सदस्य संस्थाहरुलाई बृहत रुपमा सहभागी गराउन यो वर्ष महोत्सवको पहिलो दिन ‘आदिवासी साँस्कृतिक कार्यक्रम’ को आयोजना गरिएको छ र उत्कृस्ट प्रस्तुतिको लागि पुरस्कार $५०० प्रदान गरिने छ । यसको तयारीको लागि घ्याल्सुम्दो सेवा संस्था ईङ्कको अध्यक्ष राप्के लामा संयोजक र केशबराम राई र गोमा योञ्जन सदस्य रहेको साँस्कृतिक समिति तयार गरिएको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result