Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिँदा हुन्छ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

भदौ ३१, २०७५ ३:३१ मा प्रकाशित
एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिँदा हुन्छ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई
Share on FacebookShare on Twitter

अमेरिका, ड्यालस१५ सेप्टेम्बर/ पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यतिखेर नेपाललाई विदेशमा रहेका नेपालीहरुको शीप, स्रोत र क्षमताको जरुरत भएको बताएका छन् ।

ड्यालसमा शनिबार छुट्टा-छुट्टै कार्यक्रममा ड्यालसस्थित नेपाली पत्रकार र नेपाली समुदायसंग अन्तसम्वाद गर्न भ्याए।  

नयाँशक्ति पार्टी खोलेदेखि नै ‘दुई अंकको आर्थिक बृद्धिदर दुई दशकसम्म निरन्तर’ भन्ने नाराका साथ नेपालको विकास र समृद्धिको अभियान चलाई रहेका डा. भट्टराई अमेरिकी समृद्धि र विकासलाई नजिकैबाट देखेका नेपाली समुदायसंग अन्तरक्रिया/सम्वाद गर्नकै लागि पत्नी हिशिला यमीका साथ करीब एक महिना लामो अमेरिका भ्रमणमा छन्।  डा. भट्टराई दश बर्षे माओवादी बिद्रोहको एक नेतृत्वकर्ता भएकाले माओवादी बिद्रोहबाट प्रभावित केही व्यक्तिहरुले उनको अमेरिका भ्रमणलाई लिएर बिवाद सृजना गरेपनि समग्रमा उनलाई सुन्न र सुनाउन नेपाली समुदायका व्यक्तिहरु उत्सुक नै देखिएका छन्। 

बिहान नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले भने–‘बरु तपाईहरुलाई नेपाल नचाहिएको हुनसक्छ, नेपाललाई भने तपाईहरुको जरुरी छ ।’ उनले नेपालको आर्थिक विकासका निम्ति प्रवासमा रहेका नेपालीहरुको आवश्यकता रहेको बताए ।

डा. भट्टराईले प्रवासमा रहेका नेपालीहरुलाई नेपालमा ल्याउनका लागि वातावरण मिलाउने दायित्व आफ्नो पनि भएको उल्लेख गरे । एनआरएनएहरुको नेपाली नागरिकताको निरन्तरता मुलुकको लागि पनि हितकर हुने उल्लेख गर्दै राजनीतिक अधिकार सहितको नागरिकता दिनुपर्नेमा आफ्नो सहमति रहेको उनले बताए ।

‘एनआरएनएहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिँदा हुन्छ भन्ने मेरो धारणा हो, तर अहिले ऐन ड्राफ्ट आउँदा राजनीतिक अधिकार हटाइएको रहेछ । नागरिकता दिँदा हुन्न्छ, नागरिकताको निरन्तरताले देशलाई लाभै हुन्छ,’ पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले भने ।

देशलाई विकास गर्नका लागि नेपालीहरुले विदेशमा कमाएको पूँजीको भित्र्याउन अवरोध गर्नु नहुने धारणा पनि डा. भट्टराईको थियो । ‘बाहिरबाट आउने लगानीमा स्रोतको खोजी गरेर किन अनावश्यक चक्करमा पर्नु ?’उनले प्रश्न गरे। बाहिरबाट नेपालमा लैजाँदा कानूनको पालना भएको रहेनछ भने त्यसलाई नियमन गर्ने अन्तर्राष्ट्रिय कानूनहरु पनि छन् । त्यही कानूनले हेरिहाल्छ, नेपाल भित्रिनेमा अनावश्यक चक्करमा पर्नु आवश्यक नभएको समेत उनले बताए ।

उनले यसपटकको आफ्नो अमेरिका भ्रमण यहाँ रहेका नेपाली समुदायका सदस्यहरु र अमेरिकाकै बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुसँग भेटेर कुरा र अनुभव सुन्नमा केन्द्रीत रहने जानाकारी दिए ।

देश कसरी समृद्ध हुनसक्छ भन्ने पत्रकारहरुको प्रश्नमा डा. भट्टराईले नेपालको भू–बनौट र भू–राजनीति मुख्य बाधक रहेको उल्लेख गरे । श्रमशक्ति निर्यात गरेर र विदेशी सामान उपभोग गरेर मात्र देश नबन्ने उनको भनाई थियो । ‘श्रमलाई हेर्ने जुन प्रकारको सोचाई नेपाली समाजमा रह्यो त्यसले पनि विकासमा समस्या बढाएको छ,’ डा. भट्टराईले भने ।

‘निर्वाहमुखी अर्थतन्त्रमा आधारित भएर संसारका कुनै पनि देश अघि बढ्न नसकेको भनाई डा. भट्टराराईको थियो। नेपालको तुलनात्मक लाभका क्षेत्र के हुन् भन्ने कुरालाई पहिल्याएर चिन र भारत दुबै देशका लागि आवश्यक निर्यातमुखी उत्पादनमा ध्यान दिनु पर्ने विषयमा डा. भट्टराईको जोड थियो। 

कि जान्नुपर्छ कि छाड्नुपर्छ

पूर्व प्रम भट्टराईले व्यबस्था बदलिएपनि सोच नबदलिएका कारण समस्या जस्ताको तस्तै रहेको उल्लेख गरे । उनले व्यबस्थाको बखान गरेर मात्र नहुने, कि आफैंले जान्नुपर्ने कि त सक्षम र जानेका युवा पुस्तालाई छाडिदिनुपर्ने बताए ।

‘अहिले सरकारको पहिलो ६ महिना त्यति आशाजनक र सकारात्मक देखिएको छैन । तर, ६ महिना मै केही भएन भन्ने त होइन, काम गर्नलाई अझै साडेचार बर्ष छ’-उनले भने। 

बाघ बुढो र स्याल तन्नेरी

डा. भट्टराईले आफ्नो मन्तव्यको केही समय अमेरिकाले गरेको विकास र समृद्धिको चर्चा गर्न पनि खर्च गरे ।

‘संसारमा अमेरिका एक शताव्दीदेखि विकासको केन्द्र भएको छ । पछिल्लो समय दक्षिणपूर्वी एसियाली देशहरु विकासको गतिमा अघि बढेपनि अमेरिकालाई बुढो बाघको संज्ञा दिए ।’जतिसुकै बुढो भएपनि बाघ भनेको बाघै हो, तन्नेरी स्यालले उछिन्न सक्दैन,’ उनले भने ।उनले अहिले नेपालले दुई अर्थतन्त्रबीचको पुल बन्नुपर्ने र त्यसबाट फाइदा लिनुपर्ने बताए । अमेरिकी शैली कै कार्यकारी राष्ट्रपति सहितको राज्यसंचालन विधि नअपनाएसम्म देशमा राजनीतिक स्थायित्व हुन नसक्ने र देशले अपेक्षा गरे अनुसारको विकास पनि गर्न नसक्ने तर्क डा. भट्टराईको थियो। 

क्रान्तिको नियम

माओवादीको सशस्त्र द्वन्द्वको समयमा १७ हजार सर्वसाधारण मारिएको प्रश्नको उत्तर दिँदै भट्टराईले बलिदानीको क्रममा त्यस्तो हुने रहेछ भने । त्यसलाई समिक्षा गरेर अब मलहम पट्टी लगाउनेतिर लाग्नुपर्ने उनको धारणा थियो ।पीडितलाई मलहम पट्टी लगाउनेतिर सबै लाग्नुपर्छ । ‘पीडितलाई उचित संरक्षण र हेरबिचार गर्नेतिर लाग्नुपर्छ,’उनले भने ।

शनिवार अपरान्ह अर्भिंगस्थित नेपाली मन्दिरमा एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरले नेपाली समाज टेक्सस सहित ड्यालासस्थित अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा आयोजित कार्यक्रममा समेत नेपालको विकास र समृद्धिका लागि नेपालमा बस्ने र प्रवासमा रहेका सक्षम नेपालीहरुले हातेमालो गर्नु पर्ने कुरालाई नै जोड दिए। 

डा. भट्टराई नेपाली मन्दिर परिसरमा पुगे लगत्तै ड्यालासस्थित नेपालीहरुको निकै सानो समूहले माओवादी बिद्रोहमा लागेर १७ हजार नेपालीको ज्यान जाने रक्तपातपूर्ण द्वन्द्धको नेतृत्व गरेकामा उनलाई लक्षित गरेर कालो झण्डा सहित बिरोध जनाएका थिए। 

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result