Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए युकेमा मत गणना शुरु, शेर सुनार समूहद्वारा बहिस्कार

भदौ ३०, २०७६ १२:०० मा प्रकाशित
एनआरएनए युकेमा मत गणना शुरु, शेर सुनार समूहद्वारा बहिस्कार
Share on FacebookShare on Twitter

अमेरिका, सेप्टेम्वर १५ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) युकेको अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार समर्थित समूहले एउटा बुथ कब्जा गरिएको भन्दै पुनः मत गणना गराउन माग गरिरहंदा पनि त्यसलाई अवज्ञा गर्दै निर्वाचन समितिले एकलौटी रुपमा मत गणना शुरु गरेको छ।

 

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रिटायर्ड मेजर डमर घलेले आफु मर्नु परे पनि मत गणना गरेरै छाड्ने बताए। उनले आफुहरुले सहमतिको लागि प्रयास गरेको तर एक, दुइ जना लिडरले गर्दा सहमति हुन नसकेको आरोप लगाए।

 

समावेशी समूहको तर्फबाट उम्मेदवार बनेका शेरबहादुर सुनार समर्थित समूहले शनिवार भएको चुनावमा एउटा बुथ कब्जा गरिएको आरोप लगाउंदै विवादमा रहेका तीन ओटै मतदान केन्द्रहरुमा फेरी चुनाव गराउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शेर सुनारले शनिवार आफु बेजिंगस्टोक मतदान केन्द्रमा पुग्दा एकै जनाले चार ओटा मतपत्रमा चिनो लगाइरहेको देखेको बताए । त्यस पछि आफुले निर्वाचन समिति समक्ष उजुरी दिएको तर प्रमुख निर्वाचन आयुक्तले कुनै सुनुवाई नगरेको बताए।

 

यस अघि एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउंदै शेर सुनार समूहले निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दिइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न पनि माग गरेको थियो, तर आइतबार अबेरसम्म केन्द्रको कुनै खबर आएन।

 

शेर सुनार समूहले एनआरएन युकेको कुनै छाप नलागेको एउटा कालो बाकसमा ल्याईएका मतपत्रहरु पनि मिसाएर गणना गर्ने कोशिश भईरहेको आरोप लगाएको छ ।

 

शेर सुनार समूहले बेजिंगस्टोकमा एकलौटी मत खसालिएको दावी गरेको छ भने पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो र अल्डरशटमा पनि अनियमितता भएको लिखित उजुरी दिएका छन् ।

 

निर्वाचनमा धाँधली भएको र पुनः मतदानको लागि चासो नदेखाएको भन्दै कार्यसमितिले बहुमतले निर्वाचन समितिलाई बिघटन गरेको छ । उपाध्यक्ष ललित कुमार न्यौपानेको अध्यक्षतामा अल्डरशटमा बसेको बैठकले डमर घले नेतृत्वको निर्वाचन समितिलाई बिघटन गर्ने निर्णय गरेको हो । तर कार्यकाल सकिन लागेका अध्यक्ष योग कुमार फगामी भने बैठकमा उपस्थित भएनन्। उनले पुनम गुरुङको टिमबाट आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

 

यसैबीच नर्दन आयरल्याण्ड बाट उपाध्यक्ष नारायण कंडेलले राजिनामा दिने घोषणा गरेका छन् । निर्वाचन समितिले निष्पक्ष निर्वाचन गर्न नसकेको र आफ्नो कमजोरी स्वीकार गर्न अस्वीकार गरेको भन्दै कंडेलले राजिनामा दिने निर्णय गरेका हुन् ।

 

झन्डै साढे तेह्र हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result