अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा अगाडि बढाइएका महेश श्रेष्ठको समूहमा बुद्धि सागर सुबेदीलाई महासचिव बनाउने सहमति भएको छ । एनआरएनएका अग्रज अभियन्ता र नेपालका प्रभावशाली व्यक्तिहरूको आपसी सहमतिमा महासचिवमा बुद्धि सागर सुबेदीलाई अगाडि बढाउने टुङ्गो लागेको हो ।
महासचिवको टुङ्गो लागेपछि अध्यक्षका उम्मेदवार श्रेष्ठ र महासचिवका उम्मेदवार बुद्धि सागर सुबेदी चुनावी अभियानलाई तीव्रता दिन विभिन्न देशको यात्रामा निस्किएका छन् ।
अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको कर्मथलो जपानबाट श्रेष्ठ र सुबेदी समूहले चुनावी अभियान अगाडि बढाउने भएको छ । श्रेष्ठ र सुबेदीले आइतबार साँझ काठमांडौंबाट जापानका लागि उडान भरिसकेका छन् । त्यस पछि उनीहरू युरोप अमेरिकाको यात्रामा निश्कने कार्यक्रम रहेको छ ।
एनआरएनए आइसीसीका महासचिव डा केशव पौडेल, उपाध्यक्ष नारायण आचार्य, राज रेग्मीको नाम श्रेष्ठ–सुबेदी समूहमा उपाध्यक्षका लागि फाइनल भइसकेको छ । उपाध्यक्षका अरू आकाङ्क्षी गंगाधर गौतम, दिनेश जोशी, गणेश केसी, खगेन्द्र न्यौपाने, सुनिल साह र राजन त्रिपाठी मध्येबाट बाकी ३ जना श्रेष्ठ–सुबेदी समूहमा चयन हुने लगभग निश्चित छ ।
त्यस्तै उपमहासचिवका आकाङ्क्षी प्रमोद सिटौँला, प्रवीण गुरुङ, कृष्णराज गिरी र सोम सापकोटा मध्येबाट दुई जनाको नाम टुंग्याउन श्रेष्ठ–सुबेदी समूहमा रस्साकस्सी भइरहेको छ ।
श्रेष्ठ–सुबेदी समूहमा सचिवका लागि आकाङ्क्षी देखिएका राम सी पोखरेल, कृष्णजीवि पन्त, भिमकला केसी, दयानिधि सापकोटा, डा ज्ञानेन्द्र रेग्मी, मनोज गोर्खाली लगायत अरू ६ जना बिचमा प्रतिस्पर्धा रहेको छ ।
विभिन्न पदमा गरेर श्रेष्ठ–सुबेदी समूहमा २० जना भन्दा बढीको नाम टुङ्गो लागि सकेको छ । केही दिनमा नै सबै पदमा नामहरू टुंग्याउने तयारीमा श्रेष्ठ–सुबेदी समूहका टिम मेकरहरु लागि परेका छन् । विभिन्न समूहमा आफ्नो नाम अगाडि बढाउदै च्याखे थापेर अरू समूहमा दबाब सिर्जन गर्न खोज्ने र बकेट फण्डमा सबै तीर पैसा हालेर साझा उम्मेदवार हुन खोज्नहरु जीतका लागि सबै भन्दा बढी घातक हुने गरेका कारण यस पटक श्रेष्ठ–सुबेदी समूहमा त्यस्ता उम्मेदवारहरू नराख्ने टिम मेकरहरुले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-