काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका शिक्षकले बुधबार प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलबाट शुरू भएको शिक्षकहरूको र्याली नयाँ बानेश्वर पुगेको हो।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार ३४३ सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन्। यस्तै, सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ विद्यार्थी छन्।
उनीहरू विद्यालयको पढाइ बन्द गर्ने गरी काठमाडौं पुगेका हुन्। अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षाशिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायत विषय सम्बोधन गर्न माग गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-