Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

अशोज ७, २०८० ११:१६ मा प्रकाशित
साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
Share on FacebookShare on Twitter

क्यालिफोर्निया ।

राजनीति, मानवअधिकार र समाजसेवामा लामो समयदेखि कृयाशील रहेका समीर नेपाल साहित्यकारको रुपमा उदय भएका छन् । उसो त उनको रगतमा साहित्य पहिलेदेखि नै थियो किनभने उनको परिवार देशको परिवर्तनको कालखण्डमा मात्र होइन साहित्य मार्फत जनचृतना जगाउने काममा पहिलेदेखि नै कृयाशील थियो र आज पनि छ । समीरका दुई दाजुहरु मन्जुल र प्रदीप दुबै नेपाली साहित्य आकाशमा चम्किला नक्षत्रकाृ रुपमा स्थापित नक्षत्रहरु हुन् ।
समीरका ‘नबिर्सने यात्रा; कथा र ‘बर्षका बिहानीहरू ‘उपन्यास बिधाका दुई पुस्तक एकैपटक भरखरै बजारमा आएका छन् । २०१६ साल असार २२ गते भोजपुरको पोखरेको पठित परिवारमा हुर्किएका समीर लामो समयदेखि सामाजिक तथा मानवअधिकार र राजनीतिमा सक्रिय छन् । अलावा साहित्यमा पनि उनको उत्तिकै लगाव रहेछ भन्ने उनका यी दुई कृतिहरुले प्रमाणित गरेका छन् ।

ओरिएन्टल पब्लिकेसन्स बागबजारद्वारा प्रकाशित कृति नबिर्सने यात्राले समाजमा रहेका अनेकन पाटाहरुको पटाक्षेप गरेको छ । यसमा समावेश भएका परिवर्तन, यौवनको पिडा, अठोट, अलपत्र जीवन, छुचुन्द्रो परेवा बन्छे, बर्दी, सपना, विश्वास, रङ्गीचंङ्गी कोपिला, बैनीलाई चिठी, छोरी पढाउने बाबु पढने, नविर्सने यात्रा, हत्याको छानबिन, अस्पताल, अमेरिका यात्रा, बाजुराली जनता, फर्केर हेर्दा गरी १७ वटा रचनाहरू संग्रहित छन । धेरैजसो रचनाहरुले मानिसका जीवनमा दैनन्दिन भोगेका यथार्थहरुलाई सुक्ष्म रुपमा चित्रण गरेका छन् भने बर्षका बिहानीहरूलाई लेखकले बाल्यकाल, माध्यमिक शिक्षा, गाउँघरको जीवन, जागीरे जीवन, काठमाडौंको बसाइ, बुबाको सम्झना, पार्टीसंगको सम्पर्क र विवाह गरी ८ भागमा छुट्याएका छन् । ‘बर्षका बिहानीहरू’मा लेखकको आफ्नै जीवनको भोगाईको कथा ब्यथा समेटेका छन् ।

स्रष्टा नेपालको यात्रा कथा ‘नबिर्सने यात्रा”मा संग्रहित परिवर्तन समाज परिवर्तनमा महिलाको अठोट, यौवनको पिडा, जवानी अबस्थामै पुरुषबाट ठगिन पुगेकी युवतीको कथा, अठोट र अलपत्र जीवन सरकारको कमैया मुक्तको निर्णय र कमैया बस्तिमा देखिएको अबस्थाका बारेको कथा, उ छुचुन्द्रो परेवा बन्छे, मध्ये तराइमा पाइने बोक्सी प्रथाका बारेमा, बार्दी पंचायतीकालमा अनेरास्ववियुमा लागेको केटालाई ब्यबस्थाले हेर्ने अबस्थाबाको कथा, विश्वास गाउले जीवनमा रहेका किसान बुढाबुढीको कथा, रङ्गीचंङ्गी कोपिला बालापनमा पनि देखिने धनी र गरीव विचको भावनाको कुरा, बैनीलाई चिठी समाज परिवर्तनका लागि अगाडी बढ्न चहाने छोरीको आफ्नो र घरको बिचार फरक पर्दाको अबस्थाबाट जिन्दगी अगाडी बढाइ रहेकी चेलीलाई सम्झाउदै दाजुले लेखेको चिठी, छोरी पढाउने बाबु पढने शिक्षामा पछाडि रहेको हाम्रो गाउँघरमा चल्ने अनौपचारिक कक्षाका बारेमा लेखकको अनुभव, नविर्सने यात्राू नेपालीहरूका लागि विदेशी के हो ? कस्तो हो भन्ने बारेमा लेखकको भोगाइ सत्य घटना, हत्याको छानबिन नेपाल प्रहरीको घटना छानबिनमा देखिएको अबस्था सत्य घटनामा आधारित कथा, अस्पतालू शिक्षण अस्पतालमा केहि समय विताउदाको समयमा लेखकले भोगेको ब्यथा संझनाका रूपमा, अमेरिका यात्रा लेखक दोस्रो पटक अमेरीका पुगेर फर्केपछि आफुलाइ लागेका कुरा, बाजुराली जनताू नेकपा माओवादीबाट एमाले कार्यकर्ता मारीदाका अबस्थामा देखिएको पार्टी नेता र मानव अधिकारबादी विचको बुझाईको ब्यथा, फर्केर हेर्दा नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनमा लेखकको आफ्नो भोगाई सहित गरी यी १७ वटा रचनाहरू छने । यसमा लेखकले समाजमा देखेका, आफुले भोगेका, समाजले बनाएका कुप्रथा र समाजमा घटेका घटनाहरूलाई कथा, यात्रा संस्मरण, निबन्धका रूपमा प्रस्तुत गरेका छन।


उपन्यास ‘बर्षका बिहानीहरू’ लेखकको आफ्नै जीवनका भोगाईका कथा ब्यथाका रूपमा आएको कृति हो यसलाई पनि लेखकले बाल््यकाल, माध्यमिक शिक्षा, गाउँघरको जीवन, जागीरे जीवन, काठमाडौंको बसाइ, बुबाको सम्झना, पार्टीसंगको सम्पर्क र विवाह गरी आठ छुट्टा छुट्टै भागमा छुट्याएका छन् । ती सबैमा लेखकले आफैँलाई पात्रको रूपमा खडा गरेका छन । आफ्नो पारीवारीक अबस्थालाई समेत नलुकाइ स्पष्टरूपमा लेखिएको यस पुस्तकले स्रष्टा नेपाललाई नजिकवाट चिनाएको छ भन्दा फरक पर्दैन ।
जीवनको छोटै अवधिमा सरकारी क्षेत्रको अनुभव, सामाजिक क्षेत्रको अनुभव अनि राजनीतिक क्षेत्रको अनुभव सम्हालिसकेका स्रष्ठा नेपाल मानवअधिकार एलाइन्सका सल्लाहकार तथा नेकपा, एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समेत रहेका छन । साहित्यकार समीर नेपालको साहित्यिक यात्राको उचाई थप अविराम रहोस्, हाम्रो शुभकामना !

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result