काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीहरूले काम गरेवापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए ।
उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-