Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु

समुदायको सशक्तिकरणका लागि समुदायिक संचार महत्वपूर्ण

अशोज ४, २०८१ ८:३८ मा प्रकाशित
न्यूयोर्कमा ‘एनवाईसीनेपाल न्युजडटकम’ शुरु
Share on FacebookShare on Twitter

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली समुदायको गतिविधि र सवालहरुलाई प्रकाशन प्रशारण गर्ने उदेश्यले न्यूयोर्कमा नेपाली भाषी सामुदायिक अनलाईन पोेर्टल एनवाईसी नेपाल न्युज डटकम शुरु भएको छ । यो अनलाईनको आइताबार न्युयोर्क सिटीकोे क्वीन्समा नेपाली महाबाणिज्यदूताबासका कार्यबहाक महावाणिज्यदूत चक्र सुवेदीले उद्घाटन  गरे  । उद्घानटन समारोहमा नेपाली समुदायका अगुवाहरुकासाथै न्युयोर्कका एसेमब्ली मेम्बर तथा काउन्सीलम्यानका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । एवाईसी नेपाल कम्युनिटी मिडिया नेटवर्कले प्रकाशन गरेको यो मल्टीमिडिया अनलाइन न्यूयोर्कबाट प्रकाशन भएको पहिलो सामुदायिक मिडिया हो ।

उद्घाटन समारोहमा बोल्दै कार्यबहाक महावाणिज्यदूत सुबेदीले नेपाली समुदायका लागि सामुदायिक मिडिया शुरु हुनु अत्यन्त सकारात्मक भएको बताउदै यो संचारमाध्यमले नेपाली समुदायको शसक्तिकरणमा थप बल पुग्ने विश्वास व्यक्त गरे । अमेरिकाबाटै सन् १९६८ बाट शुरु भएको सामुदायिक संचारमाध्यामको अवधारणा ढीलै भएपनि न्यूयोर्कबासी नेपाली समुदायमा पनि शुरु हुनु सकारात्मक रहेको उनले बताए । कार्यबहाक महावाणिज्यदूत सुबेदीले समुदायको हितकोलागि स्थापना भएको संचारमाध्यमसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाली भाषी आप्रावासी अधिकारवादी संस्था अधिकारका सह कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले सामुदायिक संचारमाध्यमको धेरै महत्व रहेको उल्लेख गर्दै नेपाली समुदायमा देखा परेको विविध सवाल र सरोकारहरुलाई उठान गर्र्न सक्नुपर्ने बताए । उनले अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा आप्रावासी सरोकारका बारेमा सजगता गराउदै निर्वाचनमा सहभागिता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने बताए । मिडियाले संधै निश्पक्ष भएर समाचारहरु प्रकाशन प्रशारण गर्नुपर्ने उनको धारणा थियो ।
उद्घाटन समारोहमा गैरआवसीय नेपाली संघ एनआरएन न्युयोर्क च्याप्टरका कार्यबहाक अध्यक्ष छिरिङ शेर्पाले सामुदायिक मिडियाका महत्व रहेको भन्दै यसको निरन्तरताको कामना गरे। यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यबहाक अध्यक्ष तुलबहादुर तामाङले यो मिडियाले निश्पक्ष भएर आफ्ना सामाग्रीहरु प्रकाशन प्रशारण गर्नुपर्ने बताए ।

कार्यक्रममा क्र्याग न्युमार्क ग्राजुयट स्कुल अफ जर्नालिजमका संचार निर्देशक जेहानगिर खत्ताकले न्युयोर्र्क शहरमा मात्र झण्डै २०० भाषीका नागरिकहरु रहेको भन्दै विविधतालाई अझ प्रवद्र्धन गर्न यो नेपाली भाषी अनलाइनले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले सामुदायिक संचारमाध्यमले समुदायका मानिसहरुलाई नागरिक अधिकार, राजनीतिक अधिकार आदिमा राज्यसंग जोड्न सक्नुपर्ने बताए । नागरिकलाई हरेक क्षेत्रमा शक्तिकरण गर्नका लागि संचारमाध्यमको भुमिका महत्वपूर्र्ण हुने उनको भनाई थियो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली समुदाय पनि विस्तारै अमेरिकाको राजनीतिक, आर्थिक क्षेत्रको मूलधारमा प्रवेश गरिरहेकोले यसप्रकारका सशक्त संचारमाध्यमहरु आवश्यकता रहेको बताए। उनले संचारमाध्यमको दीगोपना निकै चुनौतिपूर्ण रहेको भन्दै यसको लागि सामुदायले पनि सोच्चुपर्ने बताए।
उद्घाटन समारोहमा आप्रावासी अधिकारवादी संस्था ड्रमका राजनीतिक निर्देशक जगप्रीत सिंह, डिस्ट्रक ३६ का एसेमब्ली मेम्बर जोरान मण्डानीको कार्यालयका संचार निर्देशक बन्जामिन वाल्कर, डिस्ट्रक ३० का एसेमब्ली मेम्बर स्टेभेन रागको कार्यालयका डिस्ट्रिक निर्देशक डोल्मा लामा लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुले नयाँ प्रकाशन एनवाईसी नेपाल न्युजको प्रगतिको कामाना गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सो अवसरमा एनवाइसीनेपाल न्युजका कार्यकारी सम्पादक लोकमणी राईले सामुदायिक संचारको आवश्यकता र दीगोपनाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै आप्राबासी समुदायले आफ्ना सरोकारका विषयहरु राज्यसंग प्रभावकारी ढंगले राख्न नसक्दा सरकारले पनि बेवास्ता गर्ने गरेकोले यस संचार माध्यमले स्थानीय र राज्य सरकारवीच पुलको भुमिका खेल्ने उल्लेख गरे । नेपाली समुदायलाई स्थानीय राजनीतिसंग जोड्न अपरिहार्य रहेको भन्दै राजनीतिक सशक्तिकरण आजको आवश्यकता रहेको राईले बताए । अन्तरक्रिया कार्यक्रममा सहभागि जनाउदै नेपाली समुदायका अगुवाहरुले समुदायलाई सशक्तिकरण गर्न सामुदायिक संचारको आवश्यकता रहेकोले संचारमाध्यम र समुदायसंगसंगै अघि बढ्नुपर्ने बताएका थिए। सो अवसरमा एनवाइसीनेपाल न्युजका प्रधानसम्पादक मोहनसिंह लामा र सम्पादक मच्छे गुरुङले अनलाईनको उदेश्य र योेजनाको बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result