Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

अशोज ४, २०८० ६:३६ मा प्रकाशित
एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Share on FacebookShare on Twitter

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा महासचिव पदका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी अध्यक्ष भैसकेको  व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको जनाएका छन् । उनले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

जापानमा रहेका गैर आवासीय नेपालीहरुसँग अन्तरक्रिया र भेटघाट गर्न टोकियो पुगेका उनले एनआरएनएमा काम गर्न सरकारी कर्मचारी जस्तो फाइल बढुवा आवश्यक नभएकाले क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्नुपर्ने बताए ।

भेटघाटकै सिलसिलामा स्थानीय नेपालन्यूजपोष्टसँगको अन्तरवार्ताका क्रममा उनले जसले जुन पदमा काम गर्न सक्छ उसले त्यही पदमा दावी गर्न पाउनु अधिकार भएको बताए । उनले भने,‘जसरी एनआरएन अमेरिकाको एनसीसी अध्यक्ष भएर इतिहास राखेको छु । त्यस्तै आइसीसी महासचिव भएर इतिहास बनाउनेछु ।’ महासचिवको काम सचिवालय मजवुत बनाउने, संघका प्रमुख मुद्दाहरु कार्यन्वयन गराउने र अध्यक्षले ल्याएका प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउने भएकाले महासचिव पदमा विजयी भएमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले भने,‘एनसीसीहरुलाई स्वायत्त बनाउने मेरो पहिलो प्रयास हुनेछ । टप टू बटम होइन, बटम टू टप काम गर्नुपर्छ । संस्थालाई दलीय राजनीतिबाट मुक्त राख्नुछ । संस्थाको गरिमा र इतिहासलाई जोगाउनुपर्ने अवस्था आएकाले राजनीतिमुक्त संस्था बनाउने मेरो दृढता छ,’उनले अगाडि भने,‘इतिहास हेरेर भविष्यको लक्ष्य बनाउन र विवेक प्रयोग गर्न डेलिगेट्सहरुसँग मेरो आग्रह छ ।’

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक समेत रहेका सुवेदीले कुनै समय एनआरएनए अमेरिका झोलामा सिमित रहेको उल्लेख गर्दै अहिले भब्य भवनमा स्थापित गरेर इतिहास लेखेको उल्लेख गरे । उनले भने,‘हजारौं गैर आवासीय नेपालीहरु साक्षी हुनुहुन्छ । अमेरिकाको एनआरएनए कस्तो थियो, आज कस्तो भयो । यसका लागि मैले सबै साथीहरुको सहयोग जुटा उन सफल भएको थिएँ ।’

आफू कुरा होइन काम गर्ने व्यक्ति भएकाले महासचिवमा दावी गरेको प्रष्ट्याउँदै उनले भने,‘आइसीसीको महासचिव र अध्यक्ष पदमा कसैलेपनि दोहोर्याउन हुँदैन । नयाँ आउनेहरुलाई काम गर्ने अवसर दिनुपर्छ । सोही पदमा दोहोर्याएर शंकाको अवस्था सिर्जना गर्नहुँदैन ।’ उनले सक्षम, दक्ष, अनुभवी र संस्थालाई समय दिनसक्ने व्यक्तिलाई एनआरएनएको महत्वपूर्ण पदमा विजयी गराउन आग्रह पनि गरे ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result