Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुइ ओटा एनआरएनए युके हुनबाट जोगाए कुल आचार्यले, व्यक्तिगत भन्दा संस्थाको हितमा जोड

अशोज ६, २०७६ १२:०७ मा प्रकाशित
दुइ ओटा एनआरएनए युके हुनबाट जोगाए कुल आचार्यले, व्यक्तिगत भन्दा संस्थाको हितमा जोड
Share on FacebookShare on Twitter

लन्डन, सेप्टेवर २३ ।   एक सातादेखि डेडलकमा रहेको एनआरएन युकेको गतिरोध अन्त्य गर्न केन्द्रिय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले निर्णायक भूमिका निर्वाह गरेका छन् ।  १४ सेप्टेम्बर २०१९ मा भएको निर्वाचन पछि मतगणना गर्न नसकी दुवै पक्ष बीच विवाद चर्कदै गए पछि आचार्यले समन्वयकारी भूमिका निर्वाह गरे।

समावेशी समूहको तर्फबाट अध्यक्ष पदका प्रत्यासी शेर बहादुर सुनारले बेजिंगस्टोक मतदान केन्द्रमा धांधली भएको लिखित उजुरी दिए।  तर निर्वाचन आयोगले त्यसको सुनुवाइ गरेन। बरू निर्वाचन आयोगले मतगणना स्थगित गर्यो। तर स्थिति कस्तो थियो भने निर्वाचन आयोगले विश्वसनीयता गुमाई सकेको थियो, दुवै समूह एकआपसमा बोलिचालीको अवस्थामा थिएनन्। बहालवाला अध्यक्ष योग कुमार फगामीले अध्यक्षकी प्रत्यासी पुनम गुरुङको टिमबाट आइसीसीको सदस्य पदमा उम्मेदवारी दिए पछि आफ्नो तटस्थ भूमिका गुमाई सकेका थिए। त्यस्तो अवस्थामा आफ्नो गुडविल प्रयोग गरे केन्द्रिय उपाध्यक्ष आचार्यले ।

उनले निर्वाचन आयोगसँग वार्ता थाले, के कस्तो सहयोग चाहिन्छ केन्द्रको तर्फबाट सहयोग गर्ने विश्वास दिलाए। एनआरएन युके संरक्षक परिषद र निर्वाचन समितिको संयुक्त बैठक गराए। समुदायका अगुवाहरु तथा अध्यक्ष पदका दुवै प्रत्यासीहरुसँग निरन्तर सम्पर्कमा रहे। त्यसो त मतगणना गर्न नदिएर, मतपत्रहरु कालो बाकस भित्रै बन्द गरेर आचार्यलाई असफल बनाउने र एनआरएन युकेलाई नै सस्पेन्ड गर्ने खेल पनि शुरु भै सकेको थियो। त्यस्तो षड्यन्त्रलाई चिर्दै उनले केन्द्रिय अध्यक्ष भबन भट्टलाई निरन्तर स्थितिबारे अपडेट गरिरहे र उनको पूर्ण समर्थन हासिल गरे।

उनले सोमबार (१६ सेप्टेम्बर) एनआरएन युकेका संरक्षकहरु, निर्वाचन समितिका प्रतिनिधि तथा  एनआरएन युकेका अध्यक्ष समेतको सहभागितामा बैठक बोलाए । बैठकले निर्वाचन समितिका सदस्य  सेवानिवृत्त लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानालाई विवाद सुनुवाइ एवं  समाधान  समितिको  संयोजक तोक्यो। उनले तत्काल आफ्नो काम थाले। आफ्नै चुनावी अभियानलाई थाती राखेर आचार्य मंगलबार र बुधबार पनि एनआरएन युकेको गतिरोध हटाउन खटीरहे।

“गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेको निर्वाचन सम्बन्धि समस्यालाइ समाधान गर्न  केन्द्रिय उपाध्यक्ष कुल आचार्यको नेतृत्वमा सहकोषाध्यक्ष सोम सापकोटा तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरु डा हेमराज शर्मा एवं सुरेन्द्र श्रेष्ठ तथा युरोप संयोजक शिव बरुवाल सहितको रोहवरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत सम्मिलित गरी तुरुन्त मतगणना कार्य सम्पन्न गर्नका लागि अनुरोध गरिएको” भन्ने सेप्टेम्बर १८ मा पत्र पठायो। तर बरूवालले युकेमा पाइलै टेकेनन् ।

सोहि दिन राति आचार्यले  फार्नबरोमा अध्यक्ष पदका दुवै उम्मेदवारहरु, निर्वाचन समितिका प्रमुख, छानबिन समितिका सदस्य तथा संरक्षकहरुको उपस्थितिमा एक बैठक बोलाई आइसीसीको पत्र पढेर सुनाए। सोही बैठकमा अध्यक्ष पदका प्रत्यासीहरु श्री शेर बहादुर सुनार तथा श्रीमती पुनम गुरुङले बिहिबारदेखि मतगणना कार्यमा सहभागी हुने र पूर्ण सहयोग गर्ने लिखित  सहमति जनाए । तर त्यस्तो सहमतिको झन्डै १६ घण्टा पछि मात्रै आयोगले मतगणना शुरु गर्यो।

११ ओटै मतदान केन्द्रहरुको मतगणना सकिए पछि दुवै पक्षको उपस्थितिमा २ ओटा विवादित मतदान केन्द्रहरुमध्ये ह्यारो  मतदान केन्द्रको मतगणना शुरु गरियो। ह्यारोको मतगणना सकिदासम्म सुनार १४१ मतले अगाडी थिए तर बेजिंगस्टोकको मतगणना पछि २०० भन्दा बढी मतले पुनम अगाडी आइन्। एनआरएन केन्द्रले समेत मतगणनाको नतिजा घोषणा गर्न निर्देशन दिए पछि पनि आचार्यले दुवै पक्षलाई घोषणासभामा सहभागी गराउने प्रयास गरे। त्यो सफल नभए पछि चार घण्टा ढिला एम्पायर हलमा पुगेका आचार्यले सबैलाई समेटेर जाने वातावरण बनाउन आग्रह गरे।

संस्था विभाजित भएर २ ओटा एनआरएन बन्ने स्थितिमा आफ्नो चुनावी हितलाई भन्दा पनि संस्थाको हितलाई प्राथमिकता दिने आचार्यको पहलको धेरैले प्रशंसा गरेका छन्। एनआरएन युकेका एकजना अगुवाले भने, ” युकेको संकटलाई समाधान गर्न नेतृत्व क्षमता देखाएका कुल आचार्य नै केन्द्रको अध्यक्ष बन्न पनि योग्य व्यक्ति हुन्। उनलाई हामी सबैले सघाउनु पर्छ।”

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result