Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएमा कम्युनिस्ट सिन्डिकेट तोड्न काँग्रेसले बनायो समिति

अशोज ६, २०७६ ९:२७ मा प्रकाशित
एनआरएनएमा कम्युनिस्ट सिन्डिकेट तोड्न काँग्रेसले बनायो समिति
Share on FacebookShare on Twitter

अमेरिका ।

गैर आवासीय नेपाली सङ्घमा स्थापना काल देखि कायम रहेको रसियन ब्लक र कम्युनिस्टको सिन्डिकेट भत्काउन यस पटक नेपाली काँग्रेसले शक्तिशाली समिति गठन गरेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा डाक्टर प्रकाश सरण महत, डाक्टर मिनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे,अर्जुन जोशी, नविन्द्र राज जोशी, विश्व प्रकाश शर्मा, र गगन थापा गरी नौ जना प्रभावशाली नेताहरू रहेका छन् ।

लेख्दा र बोल्दा देश बाहिर बस्ने नेपालीहरूले राजनीति गर्नु हुँदैन भन्ने तर व्यवहारमा नेकपा पार्टीको योजना र निर्देशनमा मात्र चल्न सक्ने गरी कज्याएर राखेको एनआरएनएलाई सबैको साझा संस्था बनाउन काँग्रेसले बाध्य भएर कदम चाल्नु परेको एक जना केन्द्रीय सदस्यले बताए ।

 

तीनतिर फर्किएको काँग्रेस नेतृत्व एनआरएनएको विषयमा भने एक ढिक्का भएको छ । नेपाली जन सम्पर्क समितिको कोपनहेगनमा भएको विश्व प्रशिक्षण भेलामा उपाध्यक्ष बिमलेन्द्र निधीको उपस्थितिमा भएको प्रारम्भिक छलफलले अहिले आएर ठोस रूप लिएको हो । काँग्रेस नेतृ सुजता कोइराला एनआरएनएको विषयमा पहिला नै प्रस्ट छन् । जी पी कोइराला फाउण्डेशन मार्फत एनआरएनएको निर्वाचनमा नेपाली काङ्ग्रेससँग निकट रहेकालाई सहयोग गर्न कोइरालाले अपिल समेत गरेकी छन् ।

 

समिति गठन गरिनुका ५ कारण

केही अपवाद बाहेक रसियन मूलका व्यापारी र नेकपाका प्रभावशाली केही नेताहरूको दबदबामा मात्र एनआरएनए चलिरहेको थाहा पाएर पनि नेपाली काँग्रेसले त्यसलाई चुनौती दिएको थिएन । एनआरएनए राष्ट्रिय समन्वय समितिको निर्वाचनमा कतिपय देशमा जनसम्पर्क समिति भिडिरहेको भए पनि केन्द्रमा भने नेपाली काँग्रेस सधैँ मौन बस्तै आएको थियो । कम्युनिष्टहरुले सजिलै आफ्नो अनुकूलमा चलाउन सक्ने नाम मात्रका केही काँग्रेस निकट व्यक्ति र व्यापारीहरूलाई च्यापेर देखावटी सन्तुलनका नाममा अगाडि बढिरहेको छ भन्ने गुनासोको समितिले अध्ययन गर्ने छ ।

 

गैर राजनीतिक संस्था भए पनि एनआरएनएमा कम्युनिस्टको हालीमुहाली र दबदबालाई बल पुर्‍याउने स्वार्थगत सम्बन्ध र त्यसका अन्तरबस्तुमा समितिले विश्लेषण गर्ने छ ।

 

आवरणमा नेपाली काङ्ग्रेससँग नजिक देखिने तर व्यवहारमा कम्युनिस्ट पक्षधरलाई सहयोग पुर्‍याउनेहरूको सूचि तयार गर्ने छ ।
नेपाली जन सम्पर्क समिति भित्रको अन्तरकलहलाई एनआरएनएको निर्वाचनमा कम्युनिस्ट पक्षधरले उपयोग गर्दै काँग्रेस निकट व्यक्तिहरूलाई हराएको वा निरुत्साहित बनाइएका घटना पनि समितिको दायरामा पर्ने भएका छन् ।

 

गैर आवासीय नेपाली सङ्घको आसन्न निर्वाचनमा केन्द्रीय नेतृत्वमा अगाडि बढिरहेका पार्टी निकट व्यक्तिहरूलाई कसरी सहयोग पुर्‍याउने भन्ने विषयमा पनि समितिले आन्तरिक रणनीति बनाउने छ ।

 

यस पटक गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् एनसीसीको निर्वाचनमा अधिकांश देशमा नेपाली काँग्रेस निकट उम्मेदवारहरू विजयी भएका छन् । अमेरिका, अस्ट्रेलिया, चिन लगायत दुई तिहाइ राज्य समितिहरूमा कुनै समय नेपाली काँग्रेसको भातृ, भगिनी र जनसम्पर्क समितिमा बसेर काम गरिसकेका उम्मेदवारहरू विजयी भएका छन् । काँग्रेसले आन्तरिक रूपमा गठन गरेको खड्का नेतृत्वको समितिले एनआरएनएको विषयमा सार्वजनिक आह्वान नगरे पनि आन्तरिक सर्कुलर र मौखिक निर्देशन भने दिने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result