स्यानफ्रान्सिस्को अमेरिका
सेप्टेम्वर २३
बे एरियाको हर्किलिस सिटीको काउन्सिलर पदमा उम्मेदवारी दिएका डिल्ली भट्टराईले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । यस अघि हर्किलिस सिटीको प्लानिंग कमिशनरको रुपमा कार्यरत रहेका भट्टराईको उम्मेदवारीलाई सिटीको अन्य प्रभावशाली व्यक्तिहरुले अनुमोदन गरिसकेका छन् यद्यपि आगामी नोभेम्वर ५ मा हुने निर्वाचनमा अन्य तीन जना उम्मेदवारसंग प्रतिष्पर्धा भने हुनेछ ।भट्टराइको उम्मेदवारीलाई लेवर काउन्सिल र डेमोक्र्याट पार्टीवाट अनुमोदन भइसकेको छ भने सिटीका पूर्व पदाधिकारी एवं प्रभावशाली व्यक्तिहरु वाट पनि इन्डोर्समेण्ट आइसकेको छ l
लामो समयदेखि बे एरियामा बसोवास गर्दै आएका भट्टराई हर्किलिस हाई स्कुल पिटिओ बोर्डमा उपाध्यक्षको हैसियतमा काम गरी आफूलाई सक्षम र योग्य उम्मेदवारको रूपमा परिचित गराउन सफल भएका थिए ।
नेपाली समाजका अगुवाहरुले भट्टराइको उम्म्दवारीले सबै नेपालीहरुको लागि गौरव र प्रतिष्ठाको विषय भएको बताउँदै आएका छन् l भट्टराइको उम्मेदवारीलाई हर्किलिसमा वसोवास गर्ने भारतीय मुलका पंजावी र फिलिपिनो समुदायले पनि अनुमोदन गरिसकेको छ । गत हप्ता हार्किलिसको गुरुद्वारामा आयोजित कामक्रममा उपस्थित पंजावी समुदायले भट्टराईको नेतृत्वलाई अनुमोदन गर्दै आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिएको थियो ।
समुदायको सामाजिक सुरक्षा, साना ब्यवसायको विकास, आर्थिक स्थायित्व र इन्क्लुसिभ कम्युनिटीलाई चुनावी एजेण्डाको रुपमा अघि सारेका भट्टराईले चुनावी अभियान सकारात्मक रूपमा अघि बढेको बताउँदै नेपाली समुदायवाट थप सहयोगको अपेक्षा रहेको बताए । दुरवीनसंग कुरा गर्दै भट्टराईले नेपालीहरु अमेरिकी राजनीति र नेतृत्वको लागि योग्य छन् भन्ने प्रमाणित गर्न र नेपालीहरुको हक हितको लागि आफूले सिटीको काउन्सिलरमा उम्मेदवारी दिएको र राजनीति र समाजसेवामा रुची भएका नेपालीलाई अघि बढ्न प्रेरणा मिल्ने बताए l
भट्टराईको उम्मेदवारीलाई नेपालीहरुको पुरानो संस्था न्यान्स, नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया लगायतका संघ संस्था र बे एरियाका प्रवुद्ध समुहले अनुमोदन गरिसकेका छन् । भट्टराईले यसअघि गैर आवासिय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष भएर काम गरिसकेका छन् ।उनको उम्मेदवारीलाई सिटिका महत्वपूर्ण ब्यक्तिहरुले अनुमोदन गरेका कारण उनको विजयको संभावना रहेको विश्लेषण गरिएको छ । निर्वाचन जितेको खण्डमा उनलाई हर्किलिस सिटीको मेयर समेत बन्ने वाटो खुल्नेछ किनकी हर्किलिसमा सिटि काउन्सिलरवाट मेयर र भाइस मेयर छनौट गर्ने ब्यवस्था रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-