काठमाडौं । सोमबार उच्च अंकले घटेको शेयर बजार आज पनि ५८.९३ अंकले घटेको छ । योसँगै परिसूचक २४७० बिन्दुमा ओर्लिएको हो ।
आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्रीबाट ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ
मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य बढ्दा एउटाको स्थिर रह्यो । आज माथिल्लो स्याङ्गे जलविद्युतको मूल्य ७।८३ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीको मूल्य ५ प्रतिशत पनि उक्लिन सकेन ।
हिमालयन हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८।७४ प्रतिशतले घटेको छ । बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको मूल्य पनि ८ प्रतिशतले घट्यो ।
प्रतिक्रिया लेख्नुहोस्:-