अमेरिका, २४ सेप्टेम्बर/ अमेरिकामा बस्ने नेपालीहरुले अमेरिकाको बिभिन्न भागमा इन्द्र जात्रा पर्व मनाएका छन् । सेप्टेम्बर २३ मा मेरिल्याण्डमा इन्द्र जात्रा मनाएका थिए भने हिजो नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले इन्द्र जात्रा (येँया पुन्हि) मनाएको छ । मेरिल्याण्डमा जात्रा मनाउने क्रममा कलाकारहरूले देवी रूक्मन , भगवान श्री कृष्ण , वशुन्धरा देवी , ईन्द्र महाराज , तान्त्रिक माली , गुणकामदेव मल्ल राजा , महान् तान्त्रिक , लाखे , ज्यापु दाजु, ज्यापुनी छोरी, मनुष्यको भेषमा लाखे , त्रिपुरा सुन्दरी भगवती, जिवित कुमारीको रूपमा रही आ-आफ्नो प्रस्तुति गरेका थिए । लस एन्जल्समा नेवारी खानाको साथमा पुजा गर्दै जात्रा मनाइएको थियो ।
नेपालमा यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेललगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। जात्राको अवसरमा विदेशीहरू माझ समेत आकर्षक खानाको रूपमा रहेको समय बजि खाने गरिन्छ । यो नेवारी समुदायको पारम्परिक परिकार हो । इन्द्र जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुन्छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो वा ध्वजाको स्थापना हो। समय बजिको नेवारी शाब्दिक अर्थ नास्ताको रूपमा खाने चिउराको परिकार हुन्छ ।
नेवा: अर्गनाइजेसनले प्रवासमा आफ्नो संस्कृतिलाई निरन्तरता दिने उद्देश्य अनुरूप म्ह: पूजा, यमरी पूजा लगायतका कार्यहरू समेत वार्षिक रूपमा गर्दै आइरहेको छ ।





















तस्विर श्रोत: बसभ राजुपाध्य र दुरबिन नेपाल









प्रतिक्रिया लेख्नुहोस्:-