Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मिलेनियम जर्नी

अशोज ९, २०७८ ८:१५ मा प्रकाशित
धर्मनिरपेक्षता
Share on FacebookShare on Twitter

शरच्चन्द्र वस्ती

असंख्य मानिसहरूको हूल हुर्रिंदै थियो अनौठो हापझाँपसँग । एकअर्कालाई घुर्चिंदै, छिर्के हान्दै र खुट्टा तानातान गर्दै । के भइरहेको हो, धेरैलाई त थाहा पनि थिएन, तर पछि परिएला भन्ने त्रास सबैलाई थियो । उड्ने र गुड्नेहरू मात्र होइन, पैदल हिंड्ने र घस्रनेहरू पनि अरूलाई उछिन्न चाहन्थे ।
खान नपाएर हड्डी र करङ मात्र बाँकी रहेकाहरू आ–आफ्नो लँगोटी र कछाड सम्हाल्दै घस्रिरहेका थिए । एउटा ज्यापू खर्पन लिएर नांगा खुट्टा अघि बढ्दै थियो । ‘कता हो, तपाईंहरू ?’ घस्रनेलाई मैले सोधें । ‘खोइ हजूर, के पो भन्थे माड्साबले, बिर्सियो । तर दुई–चार गेडा अन्न कसो नपाइएला भनेर बल गरेको ।’ एकजनाले फ्याँ–फ्याँ गर्दै जवाफ दियो । ज्यापूलाई चाहिं गन्तव्य कण्ठै रहेछ । भन्यो, ‘म्यालिनुममा जाने । ढीला भयो भने ठाउँ पाउँदैन क्या !’
बल्ल थाहा भयो, त्यो हूल नयाँ सहस्राब्दी अर्थात् सबैले बुझ्ने भाषामा भन्दा ‘न्यू मिलेनियम’ मा ठाउँ ओगट्न हुर्रिएको रहेछ । देखें, सधैं अफिस ढीला पुग्ने कर्मचारीहरू पनि अरू भन्दा छिटो पुग्न दगुर्दै रहेछन् । हाकिम अघिअघि, उनको ब्रीफकेश बोकेको पियन पछिपछि । सुब्बा साहेब अघिअघि, गन्हाउने चनाको डेक्ची बोकेको क्यान्टिनवाला पछिपछि ।
एक जना विकासे टेक्नोक्र्याट डोकामा सवार भएर ल्यापटप चलाउँदै थियो र बीचबीचमा आफ्नाे भरियालाई ‘ए, छिटो हिंड्’ भनेर हकार्दै पनि थियो । ‘कहाँबाट पाउनुभयो भरिया ?’ मैले सोधिसक्न नपाउँदै उसले जवाफ फर्कायो, ‘सोलुबाट ल्याएको । हेलिकप्टर चल्न थालेपछि बेरोजगार भएको रहेछ । अब रोजगारीसाथ नयाँ मिलेनियममा प्रवेश गर्नेभो ।’
‘अनि त्यो कम्प्युटरमा के गरेको नि ?’
‘नयाँ मिलेनियममा पुग्दा हाम्रो पर क्यापिटा इनकम बढ्नु परेन ? त्यसैका लागि डाटाहरूलाई नयाँ किसिमले मिलाइरहेको नि । पख्नोस् न, राति १२ बज्नुभन्दा अगावै नेपालीको आम्दानी दोब्बर नबनाई छाड्दिनँ ।’
त्यहींनिर थुप्रै मानिसले एउटा पजेरो बोकेर लगिरहेका थिए । पजेरोभित्र मासुका जीवित थुप्रा–थुप्रीहरू अटेसमटेस भरिएका थिए र त्यसको छतमा दुई जना नेता मिनरल वाटर पिउँदै पालैपालो भाषण गर्दै थिए, ‘आदरणीय जनसमुदायहरू, हामी नयाँ मिलेनियममा प्रवेश गर्दैछौं । देशको विकास र प्रगतिका लागि तपाईंहरूको साथ यसैगरी पाइरहने हो भने अब हामी अमेरिकी मापदण्ड भन्दा माथि पुग्नेछौं । यसमा कुनै शंका छैन ।’
पजेरोका पछिपछि हिंडिरहेका गाउँलेहरू चाहिं भाषणमा थपडी बजाउँदै गफ गरिरहेका थिए, ‘नयाँ मिलेनियमको आम चुनावमा पहिले जस्तो ठगिनुहुँदैन, बुझिस् कान्छा ? एक ट्वाक जाँडमा भोट हाल्ने जमाना सकियो, अब दुई ट्वाक नभई मरिगए भोट नहाल्ने, के भन्छस् ?’
‘हो दाइ, ठीक भन्नुभो । त्यति पनि नभए के मिलेनियम ?’
अलि पर्तिर अर्को अनौठो जत्था थियो । अघि–अघि रोल्पा र रुकुमबाट राजधानीतिर झरेका माओवादीपीडित शरणार्थीहरू, पछि–पछि टोटावाल बन्दूक बोकेका माओवादीहरू र तिनका पनि पछाडि माओवादी नियन्त्रणका नाममा छुट्याइएको बजेट टाटाको मिनी ट्रकमा लादेकाहरू । बन्दूकवालाहरूले ‘सर्वहारा जनता जिन्दावाद’ भन्दै बीचबीचमा पड्काएको गोलीले मिलेनियम यात्राको रौनक मात्र बढाइरहेको थिएन, गोली लागेर ढल्नेको चीत्कार ढाक्न पनि सघाइरहेको थियो । मिनी ट्रकवालाहरू चाहिं बेलाबेलामा नोटका पुलिन्दाहरूले बन्दूकको नाललाई अगाडितिर धकेलिदिन्थे ।
अर्को समूह भने त्यो यात्रामा पनि आफ्नो धन्दा चलाइरहेको थियो । एउटा टाईधारी थियो, जो आफ्नो झोले एनजीओ मार्फत ‘नयाँ मिलेनियममा ठाउँ सुरक्षित पारिदिने’ प्रोजेक्ट चलाइरहेको थियो । रेट थियो— एउटा सीटको दश हजार रुपैयाँ । ‘यो त सारै महँगो भो हजूर, डिस्काउन्ट हुँदैन ?’ भनी सोध्नेहरूलाई उसको जवाफ हुन्थ्यो, ‘तलदेखि माथिसम्म हाकिमहरूलाई ख्वाउनुपर्छ । मेरो भागमा त सय रुपैयाँ मात्र पर्ने हो ।’
कीर्ते प्रमाणपत्र व्यापारीहरू ‘दुइटा प्रमाणपत्र किन्नेलाई एउटा जागिर सित्तैंमा लगाइदिने’ स्किमको घोषणा गरिरहेका थिए भने ‘मिलेनियम कविता उत्सव’ सकिएपछि पारिश्रमिक नदिई भागेको आयोजक विरुद्ध कविहरूको कविता पाठ चलिरहेको थियो । अनि, अंश मुद्दा लडिरहेका दाजुभाइहरू आ–आफ्ना वकिलसँग सरसल्लाह गर्दै अघि बढिरहेका थिए भने त्यसो गर्न नपाएकोमा पुरानो मिलेनियमलाई सराप्ने दिदी–बहिनीहरूको लर्को तिनका पछिपछि थियो ।
क्याबिन रेस्टुराँवालाहरू ‘मिलेनियम लभ’ को प्याकेजसाथ हिंडेका थिए, जोसँग स्कूल ड्रेसमै आएका ठिटाठिटीहरूको मोलभाउ चलिरहेको थियो । गढीमाईको मेलामा नबिकेका राँगाहरू हाँक्दै ‘मिलेनियम मःमः’ को साइनबोर्ड झुन्ड्याएर हिंडिरहेको मानिस एकातिर थियो भने अर्कातिर झोलाभरि सिरिन्ज हालेर आएको स्वास्थ्यचौकीको पियन ‘मिलेनियम पेसेन्ट’ को खोजीमा वरिपरि आँखा घुमाउँदै अघि बढिरहेको थियो ।
त्यहींनिर एक जना भद्र भलादमी मोबाइलबाटै नन–स्टप चाकरी गर्दै सपरिवार लम्किरहेका थिए । श्रीमतीले पाँचवर्षे छोरालाई घिच्याइरहेकी थिइन् । घिच्याइबाट आजित भएको छोराले हठात् प्रश्न ग¥यो, ‘बुबा ? दोस्रो मिलेनियम नसकिई तेस्रो मिलेनियम आउन सक्छ ?’
‘के खाएर आउँछ ?’ चाकरीमा विघ्न परेको बाबु झ्वाँक्कियो ।
‘तर दोस्रो मिलेनियम त अब एक वर्ष पछि मात्रै सकिने होइन र ? अनि कसरी शुरू हुन्छ नयाँ मिलेनियम यसैपालि ?’
‘नकरा गधा, चूप लाग् !’ बाबुले छोरालाई आशीर्वचन सुनायो । नयाँ मिलेनियममा पुग्न लागेको बेला विघ्न परेको कसलाई सह्य हुन्थ्यो ?

शरतचन्द्र वस्तीको फेसबुक वालबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result