Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मिलेनियम जर्नी

अशोज ९, २०७८ ८:१५ मा प्रकाशित
धर्मनिरपेक्षता
Share on FacebookShare on Twitter

शरच्चन्द्र वस्ती

असंख्य मानिसहरूको हूल हुर्रिंदै थियो अनौठो हापझाँपसँग । एकअर्कालाई घुर्चिंदै, छिर्के हान्दै र खुट्टा तानातान गर्दै । के भइरहेको हो, धेरैलाई त थाहा पनि थिएन, तर पछि परिएला भन्ने त्रास सबैलाई थियो । उड्ने र गुड्नेहरू मात्र होइन, पैदल हिंड्ने र घस्रनेहरू पनि अरूलाई उछिन्न चाहन्थे ।
खान नपाएर हड्डी र करङ मात्र बाँकी रहेकाहरू आ–आफ्नो लँगोटी र कछाड सम्हाल्दै घस्रिरहेका थिए । एउटा ज्यापू खर्पन लिएर नांगा खुट्टा अघि बढ्दै थियो । ‘कता हो, तपाईंहरू ?’ घस्रनेलाई मैले सोधें । ‘खोइ हजूर, के पो भन्थे माड्साबले, बिर्सियो । तर दुई–चार गेडा अन्न कसो नपाइएला भनेर बल गरेको ।’ एकजनाले फ्याँ–फ्याँ गर्दै जवाफ दियो । ज्यापूलाई चाहिं गन्तव्य कण्ठै रहेछ । भन्यो, ‘म्यालिनुममा जाने । ढीला भयो भने ठाउँ पाउँदैन क्या !’
बल्ल थाहा भयो, त्यो हूल नयाँ सहस्राब्दी अर्थात् सबैले बुझ्ने भाषामा भन्दा ‘न्यू मिलेनियम’ मा ठाउँ ओगट्न हुर्रिएको रहेछ । देखें, सधैं अफिस ढीला पुग्ने कर्मचारीहरू पनि अरू भन्दा छिटो पुग्न दगुर्दै रहेछन् । हाकिम अघिअघि, उनको ब्रीफकेश बोकेको पियन पछिपछि । सुब्बा साहेब अघिअघि, गन्हाउने चनाको डेक्ची बोकेको क्यान्टिनवाला पछिपछि ।
एक जना विकासे टेक्नोक्र्याट डोकामा सवार भएर ल्यापटप चलाउँदै थियो र बीचबीचमा आफ्नाे भरियालाई ‘ए, छिटो हिंड्’ भनेर हकार्दै पनि थियो । ‘कहाँबाट पाउनुभयो भरिया ?’ मैले सोधिसक्न नपाउँदै उसले जवाफ फर्कायो, ‘सोलुबाट ल्याएको । हेलिकप्टर चल्न थालेपछि बेरोजगार भएको रहेछ । अब रोजगारीसाथ नयाँ मिलेनियममा प्रवेश गर्नेभो ।’
‘अनि त्यो कम्प्युटरमा के गरेको नि ?’
‘नयाँ मिलेनियममा पुग्दा हाम्रो पर क्यापिटा इनकम बढ्नु परेन ? त्यसैका लागि डाटाहरूलाई नयाँ किसिमले मिलाइरहेको नि । पख्नोस् न, राति १२ बज्नुभन्दा अगावै नेपालीको आम्दानी दोब्बर नबनाई छाड्दिनँ ।’
त्यहींनिर थुप्रै मानिसले एउटा पजेरो बोकेर लगिरहेका थिए । पजेरोभित्र मासुका जीवित थुप्रा–थुप्रीहरू अटेसमटेस भरिएका थिए र त्यसको छतमा दुई जना नेता मिनरल वाटर पिउँदै पालैपालो भाषण गर्दै थिए, ‘आदरणीय जनसमुदायहरू, हामी नयाँ मिलेनियममा प्रवेश गर्दैछौं । देशको विकास र प्रगतिका लागि तपाईंहरूको साथ यसैगरी पाइरहने हो भने अब हामी अमेरिकी मापदण्ड भन्दा माथि पुग्नेछौं । यसमा कुनै शंका छैन ।’
पजेरोका पछिपछि हिंडिरहेका गाउँलेहरू चाहिं भाषणमा थपडी बजाउँदै गफ गरिरहेका थिए, ‘नयाँ मिलेनियमको आम चुनावमा पहिले जस्तो ठगिनुहुँदैन, बुझिस् कान्छा ? एक ट्वाक जाँडमा भोट हाल्ने जमाना सकियो, अब दुई ट्वाक नभई मरिगए भोट नहाल्ने, के भन्छस् ?’
‘हो दाइ, ठीक भन्नुभो । त्यति पनि नभए के मिलेनियम ?’
अलि पर्तिर अर्को अनौठो जत्था थियो । अघि–अघि रोल्पा र रुकुमबाट राजधानीतिर झरेका माओवादीपीडित शरणार्थीहरू, पछि–पछि टोटावाल बन्दूक बोकेका माओवादीहरू र तिनका पनि पछाडि माओवादी नियन्त्रणका नाममा छुट्याइएको बजेट टाटाको मिनी ट्रकमा लादेकाहरू । बन्दूकवालाहरूले ‘सर्वहारा जनता जिन्दावाद’ भन्दै बीचबीचमा पड्काएको गोलीले मिलेनियम यात्राको रौनक मात्र बढाइरहेको थिएन, गोली लागेर ढल्नेको चीत्कार ढाक्न पनि सघाइरहेको थियो । मिनी ट्रकवालाहरू चाहिं बेलाबेलामा नोटका पुलिन्दाहरूले बन्दूकको नाललाई अगाडितिर धकेलिदिन्थे ।
अर्को समूह भने त्यो यात्रामा पनि आफ्नो धन्दा चलाइरहेको थियो । एउटा टाईधारी थियो, जो आफ्नो झोले एनजीओ मार्फत ‘नयाँ मिलेनियममा ठाउँ सुरक्षित पारिदिने’ प्रोजेक्ट चलाइरहेको थियो । रेट थियो— एउटा सीटको दश हजार रुपैयाँ । ‘यो त सारै महँगो भो हजूर, डिस्काउन्ट हुँदैन ?’ भनी सोध्नेहरूलाई उसको जवाफ हुन्थ्यो, ‘तलदेखि माथिसम्म हाकिमहरूलाई ख्वाउनुपर्छ । मेरो भागमा त सय रुपैयाँ मात्र पर्ने हो ।’
कीर्ते प्रमाणपत्र व्यापारीहरू ‘दुइटा प्रमाणपत्र किन्नेलाई एउटा जागिर सित्तैंमा लगाइदिने’ स्किमको घोषणा गरिरहेका थिए भने ‘मिलेनियम कविता उत्सव’ सकिएपछि पारिश्रमिक नदिई भागेको आयोजक विरुद्ध कविहरूको कविता पाठ चलिरहेको थियो । अनि, अंश मुद्दा लडिरहेका दाजुभाइहरू आ–आफ्ना वकिलसँग सरसल्लाह गर्दै अघि बढिरहेका थिए भने त्यसो गर्न नपाएकोमा पुरानो मिलेनियमलाई सराप्ने दिदी–बहिनीहरूको लर्को तिनका पछिपछि थियो ।
क्याबिन रेस्टुराँवालाहरू ‘मिलेनियम लभ’ को प्याकेजसाथ हिंडेका थिए, जोसँग स्कूल ड्रेसमै आएका ठिटाठिटीहरूको मोलभाउ चलिरहेको थियो । गढीमाईको मेलामा नबिकेका राँगाहरू हाँक्दै ‘मिलेनियम मःमः’ को साइनबोर्ड झुन्ड्याएर हिंडिरहेको मानिस एकातिर थियो भने अर्कातिर झोलाभरि सिरिन्ज हालेर आएको स्वास्थ्यचौकीको पियन ‘मिलेनियम पेसेन्ट’ को खोजीमा वरिपरि आँखा घुमाउँदै अघि बढिरहेको थियो ।
त्यहींनिर एक जना भद्र भलादमी मोबाइलबाटै नन–स्टप चाकरी गर्दै सपरिवार लम्किरहेका थिए । श्रीमतीले पाँचवर्षे छोरालाई घिच्याइरहेकी थिइन् । घिच्याइबाट आजित भएको छोराले हठात् प्रश्न ग¥यो, ‘बुबा ? दोस्रो मिलेनियम नसकिई तेस्रो मिलेनियम आउन सक्छ ?’
‘के खाएर आउँछ ?’ चाकरीमा विघ्न परेको बाबु झ्वाँक्कियो ।
‘तर दोस्रो मिलेनियम त अब एक वर्ष पछि मात्रै सकिने होइन र ? अनि कसरी शुरू हुन्छ नयाँ मिलेनियम यसैपालि ?’
‘नकरा गधा, चूप लाग् !’ बाबुले छोरालाई आशीर्वचन सुनायो । नयाँ मिलेनियममा पुग्न लागेको बेला विघ्न परेको कसलाई सह्य हुन्थ्यो ?

शरतचन्द्र वस्तीको फेसबुक वालबाट

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.