स्यानफ्रान्सिस्को । अमेरिका
सेप्टेम्वर २५
स्यानफ्रान्सिस्को बे एरियामा कृयाशील ‘क्रियटीभ नेपाल युथ अर्गनाइजेशन’को पांचौं साधारण सभाले कमल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । हिजो आइतवार सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ध्रुव बस्याल, द्धितिय उपाध्यक्षमा बबिता सिटौला, महासचिवमा घनश्याम आचार्य, सचिवमा दिपेश पाण्डे, कोषध्यक्षमा सन्देश शिवाकोटी र सहकोषध्यक्षमा बसन्त दाहाल निर्वाचित भएका छन ।
त्यसैगरि, अर्गनाइजेशनको बोर्ड मेम्वरहरुमा अवनिश खड्का, धारणा वली, प्रतिभा सुनार,धमेन्द्र केसी, विजय पराजुली, जोया रानाभाट, सन्तोष चिमरिया र मिलन श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा र प्रतिष्ठालाई कायम राख्दै नेपाली युवाहरुलाई संस्थामा आवद्ध गराउन आफूले पहल गर्ने बताए । ‘हाम्रा नियमित कार्यक्रमहरुको त छदैछन्, त्यसको अलावा समर महिनामा पिकनिक कार्यक्रम र सांस्कृतिक कार्यक्रम पनि गर्ने योजना बनाएका छौ’, श्रेष्ठले भने । उनले बे एरियाका सबै युवाहरुलाई समावेस गरि संयुक्त रुपमा सृजनात्मक कार्यक्रम गर्नको लागि आफ्नो संस्थाले प्रयत्न गर्ने बताए ।
क्रियटिभ नेपालले विगत केही बर्षदेखि नेपाली भाषा कक्षाको संचालन गर्दै आइरहेको छ भने दशैतिहारमा देउसी भैलो तथा हरेक बर्ष हरितालिका तीजको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-