स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
क्यालिफोर्निया शेर्पा एशोसिएसनको सातौ वार्षिक साधारण सभावाट सगरमाथा आरोही लाक्पा शेर्पा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । गत शनिवार सम्पन्न सो साधारण सभाले शेर्पाले नेतृत्वमा १७ सदस्यीय नर्या कार्यसमिति दुई बर्षे कार्यकालको लागि निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित कार्यमितिमा आङ शेर्पा, महासचिवमा पासांग गेल्जेन शेर्पा, सचिवमा आंङ फुला शेर्पा, कोषध्यमा कामी शेर्पा निर्वाचित भएका छन् ।
साधारण सभाले सोनामा दोर्जे शेर्पा, पासांग फुटी शेर्पा, आंङ छिरिंग शेर्पा, आंङ नोर्बु शेर्पा, थुप्तेन छिरिंग, दावा फिंजो शेर्पा, नवांग गोले शेर्पा, पासांग तेम्वा शेर्पालाई बोर्डअफ डाइरेक्टरमा चयन गरेको छ भने सल्लाहकारहरुमा लाक्पा देण्डी शेर्पा, टेण्डी शेर्पा लामा र तेन्जी शेर्पा लामालाई चयन गरेका छ ।







प्रतिक्रिया लेख्नुहोस्:-