काठमाडौँ, असोज १० । प्रदर्शनको पहिलो दिन नै नेपाल बक्स अफिसको करोड क्लबमा प्रवेश गरेको कबड्डी ३ को पहिलो हप्ताको कमाइ ७ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यो अनुपात डबल डिजिटका लागि कठिन हैन । कबड्डी ३ दोहोरो अङ्कको कमाइतर्फ उन्मुख देखिएको छ ।
कबड्डी सिरिजले प्रदर्शनको दोस्रो हप्तामा पनि आक्रामकरुपले व्यापार गरिरहेको छ ।
निर्माता मणिराम पोखरेलका अनुसार फिल्मले मोफसलमा ३ करोड ५७ लाख र काठमाडौँ टेरिटोरीमा ३ करोड ८१ लाख ग्रस कमायो । मोफसल र काठमाडौँको कमाइमा ठुलो अन्तर छैन ।
बलियो वर्ड अफ माउथको प्रभावले फिल्मले विकडेजमा समेत आफूलाई बलियो तुल्याउन सक्यो । क्यूएफएक्सले दोस्रो शुक्रवार दिलाएको ३८ सोजलाई आंकलन गर्दा दोस्रो सप्ताहन्त पनि प्रभावशाली हुने अपेक्षा गर्न सकिन्छ ।
रामबाबु गुरुङ निर्देशित फिल्मले काठमाडौँ र पोखरा केन्द्रित हलहरूमा उछाल कमाइ गरिरहेको छ । दयाहाङ राई, उपासना ठकुरी, कर्म, माओत्से गुरुङ, विल्सनविक्रम राई लगायत मुख्य कलाकार छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-