Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उम्मेदवारी घोषणा सभामा कुल-केशवलाई धेरैको समर्थन

गैर आवासीय नेपाली नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने घोषणा

अशोज ११, २०७८ २:५९ मा प्रकाशित
उम्मेदवारी घोषणा सभामा कुल-केशवलाई धेरैको समर्थन
Share on FacebookShare on Twitter

 

काठमाडौं । गैरआवासीय नेपाली संघको २०२१-२३ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले
आफु निर्वाचित भएमा पैत्रिक सम्पतिको अधिकार एवम् राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी
गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने जनाएका छन्।

काठमाडौँमा आइतबार आयोजित एउटा समारोहमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले आफ्नो दुई वर्षे
कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय
परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरे। हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय
एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ।
आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो,
संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु।”

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। हाल संघको
केन्द्रीय सल्लाहकार रहेका आचार्य पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन्। उनी एक स्थापित व्यवसायी
हुन् भने समाजसेवी पनि हुन्।

करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको
सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए।

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया
लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक
रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान
दिने उनले बताए ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान
चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न
एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने
बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान
यसमा केन्द्रित हुने छ।’ नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण
बनाउनु पनि मेरो अर्को प्राथमिकता हो।’

महासचिवमा डा. केशव पौडेल

संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा.
केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र
परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।

अधिकांश एनसीसीहरुले समर्थन ‘टिम कुल-केशव ‘ लाई

कुल-केशवको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले समर्थन जनाएका छन्।
अफ्रिका क्षेत्रका सबै एनसीसीहरु, एनसीसी अस्ट्रिया, अमेरिका, क्यानाडा, युके, अस्ट्रेलिया, मकाउ, मलेसिया, कोरिया,
म्यानमार, क्याम्बोडिया, थाईल्याण्ड, फ्रान्स, स्पेन, पोर्चुगल, आयरल्याण्ड, साइप्रस, द नेदरल्यांड्स, नर्वे, डेनमार्क,
पोल्याण्ड, पोर्चुगल तथा मध्यपूर्वका कुवेत, ओमान, युएइ, कतार लगायत अधिकांश एनसीसीहरुले कुल-केशव
टिमलाई समर्थन जनाएका छन्।

एनआरएनएका संस्थापक सचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिंदै विदेशमा रहेका
नेपालीहरुलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिए।
त्यस्तै संघका उपाध्यक्ष सोनाम लामाले आचार्यलाई शुभकामना दिंदै गैर आवासीय नेपाली नागरिकतालाई जति
सक्दो चांडो कार्यान्वयन गर्नु पर्ने बताए।

घोषणा सभामा उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, ए सी शेर्पा, हरिबोल भण्डारी,
सचिव आर के शर्मा, , एनसीसी अमेरिकाका सल्लाहकार बेद खरेल, पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायतले शुभ
कामना दिएका थिए। त्यस्तै जानकी गुरुङ, आरके शर्मा, प्रविण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण
आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ, चिन्तामणि सापकोटा, भिम केसी कमल, दयानिधि सापकोटा
लगायतले कुल आचार्य टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

यस्ता छन् आचार्यका मुख्य कार्ययोजनाहरू

 पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली
नागरिकतालाई कार्यान्वयन गर्ने ।
 म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी
बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने।
 संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने।
 राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।
 नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ।
 बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो
करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।
 खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक
लगानी अवधारणालाई अगाडी बढाइने छ।
 कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु
गरिने छ।

 एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन
विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ।
 विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न
अनलाइन कक्षाहरु संचालन गरिने छ।
 एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिनेछ।

सम्बन्धित समाचार

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे
प्रवास

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

पालो अल्टोमा खुल्यो नेपालीको भब्य ‘रारा रेष्टुरेष्ट’
प्रवास

पालो अल्टोमा खुल्यो नेपालीको भब्य ‘रारा रेष्टुरेष्ट’

अमेरिका समाचार

राप्ती समाज अमेरिकाले गर्याे जाजरकोट भुकप्म पीडिललाई ३१ लाख सहयोग

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result