काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाएका छन् ।
उनले शनिबार एमाले निकट युवा संघले सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताए ।
‘कहिं सीमा मिचेको छ भने बोल्नुपर्छ । यो सरकार सीमा मिचे भने पनि बोल्न सक्दैन । घुँटा टेकेर बस्छ’, उनले भने, ‘आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन् । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।’
अध्यक्ष ओलीले सरकारलाई नक्कलीको संज्ञा दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-