Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओझेलमा इच्छाकामना

अशोज १६, २०७५ ८:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, १६ असोज / पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ ।

जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको चेरेस, याक्राङटार, हात्तीवाङ, दाहाखानीजस्ता पर्यटकीय महत्वका स्थल छन् । सोही क्षेत्रमा चेपाङ, मगर, गुरुङलगायत आदिवासीको बाक्लो बसोबास छ ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार आठ जनसङ्ख्या छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पर्यटकीय दृष्टिले उत्कृष्ट गाउँपालिका रहेको बताउनुहुन्छ । साठी वर्ष अघि उपारदाङगढीबाट सदरमुकाम भरतपुर सरेको थियो । सो ठाउँमा ऐतिहासिक किल्ला रहेका छन् । पृथ्वी राजमार्गको हुग्दीखोलाबाट तीन घण्टाको गाडीको यात्रापछि उपरदाङगढी पुग्न सकिन्छ ।

एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली सूर्याेदय र सूर्यास्त हेर्नका लागि अति नै उपयुक्त स्थान हो । चितवन जिल्लाको सम्पूर्ण भागका अतिरिक्त छिमेकी आठ जिल्लासमेत यहाँबाट अवलोकन गर्न सकिन्छ ।

इच्छाकामना र मनकामना दिदी बहिनीका रुपमा लिइन्छ । मनकामना जतिकै महत्व बोकेको इच्छाकामनाको महत्व बुझाउन नसक्दा ओझेलमा परेको छ । पाथीभरा मन्दिर शक्तिशाली देवीको मन्दिर हो । जुन उपरदाङगढी नजीकै छ । यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरे नजीकै लामो झरना पर्दछ । गाउँपालिका प्रमुख गुरुङ यस क्षेत्रकै सबैभन्दा ठूलो झरना रहेको बताउनुहुन्छ । दैनिक ३०० भन्दा बढी पर्यटक यहाँ अवलोकन गर्न आउने गरेको उहाँको भनाइ छ । जलक्रिडाका लागि त्रिशूली नदी महत्वपूर्ण मानिन्छ । धादिङको सीमा क्षेत्र मौवाखोलाबाट भरतपुर महानगरको सीमा क्षेत्र रिग्दीखोलासम्म इच्छाकामना गाउँपालिका पर्दछ । तीस किलोमिटरभन्दा लामो जलक्रिडाका लागि यस गाउँपालिका हुँदै बग्ने त्रिशूली नदी महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ ।

दैनिक हजारौँको सङ्ख्यामा केबलकार चढेर मनकामना जाने यसै गाउँपालिकाको कुरिनटारस्थित चेरेसबाट जाने गर्दछन् । यससँगै सभ्य गुरुङ संस्कृति हेर्न याक्राङटार जान सकिन्छ । पुरानो र परम्परागत जनजातिको बसोबास रहेको हात्तीवाङ र दाहाखानीजस्ता पर्यटकीय महत्वका गाउँ पनि यहाँ रहेका छन् ।

चेपाङ समुदायको राम्रो बसोबास रहेको यस क्षेत्रमा उनीहरुको संस्कृति, रहनसहन र परम्परा जोकोहीका लागि नौलो मानिन्छ । सोही गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण अधिकारी यस क्षेत्रको हावापानी, नदीनाला, जनजाति बस्ती र उनीहरुको धर्मसंस्कृति जोकोहीका लागि नौलो र अनौठो हुने बताउनुहुन्छ । अधिकांश आदिवासीको बसोबास रहेको यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचार गर्नसकेमा जिल्लाकै नमूना पर्यटकीय गन्तव्य बन्ने अधिकारीको भनाइ छ ।

यही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग पर्दछ । जहाँबाट दैनिक २० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । सो क्षेत्रबाट प्रदेशसभाका लागि निर्वाचित सांसद घनश्याम दाहाल इच्छाकामना मन्दिरमा केबलकार जडान गर्नसकेमा मनकामना जतिकै महत्वपूर्ण बन्ने बताउनुहुन्छ । यस गाउँपालिकाका पर्यटकीय महत्व बोकेका ठाउँमा जिल्लाको सौराहा र पश्चिम चितवन आउने पर्यटकलाई लैजानु पर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले राम्रो गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उहाँको सुझाव छ । दाहालसँगै प्रदेशसभामा निर्वाचन लडेर पराजित हुनुभएका नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ इच्छाकामना, सफारी पर्यटन पछिको पहिलो पर्यटकीय गन्तव्य भएको बताउनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार नहुँदा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेर पनि ओझेलमा परेको उहाँको भनाइ छ ।

पर्यटकीय पूर्वाधारको विकास गरी इच्छाकामनाको पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्ने सरोकारवाला बताउँछन् । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार शहरी क्षेत्रमा रिभर साइड, डालिमा, सिद्धार्थजस्ता ठूला होटल छन् भने ग्रामीण क्षेत्रमा बस्नका लागि होमस्टे छन् । बाह्रै महीना चिसो मौसम रहने हुँदा तराईको गर्मी र शीतलहर छल्न यो उपयुक्त ठाउँ रहेको छ ।

गाउँपालिकाले यहाँका पर्यटकीय गन्तव्यको वृत्तचित्र, पर्यटकीय गन्तव्यका बारेमा ब्रुसर, होमस्टेसम्बन्धी तालीम, टुरिष्ट गाईडसम्बन्धी तालीमसँगै पर्यटकीय पूर्वाधार निर्माण कार्य शुरु गरेको छ ।

गाउँपालिकाको अगुवाइमा पहिलो पटक ईच्छाकामना महोत्सवसमेत हालै आयोजना गरिएको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result