Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सहुलियतको चामल पुगेन

अशोज १७, २०७५ ७:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

गोरखा, १७ असोज / दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो ।

नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहँुदा चामल ढुवानी शुरु हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले जानकारी दिनुभयो । “असार महीना शुरु भएलगत्तै दुवै डिपोका लागि टेण्डर आह्वान गरिएको हो, तर माछाखोला डिपोको लागि मात्र भर्खर स्वीकृति प्राप्त भएको छ”, डिपो प्रमुख घिमिरले भन्नुभयो, “समयमै टेण्डर आह्वान गरेपनि स्वीकृत नभएकाले चामल ढुवानी हुननसकेको हो ।”

संस्थानले माछाखोला डिपोका लागि ठेक्का प्रक्रिया पूरा गरेको भए पनि त्यहाँका लागि समेत अझै सम्झौता हुन भने बाँकी रहेकोे घिमिरले बताउनुभयो । समयमा सम्झौता हुन नसक्दा माछाखोला डिपोमा पनि दशैँअघि चामल पु¥याउन नसक्ने उहाँले जानकारी दिनुभयो । खाद्य संस्थानले माछाखोला डिपोमा चालु आर्थिक वर्षका लागि २५ सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षमा संस्थानले माछाखोला डिपोका लागि प्रतिक्विन्टल रु एक हजार ९५० मा चामल दुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग सम्झौता प्रक्रिया अघि बढाएको घिमिरेले जानकारी दिनुभयो । यता सिर्दिबास डिपोका लागि भने असारमा खुलाएको टेण्डर प्रक्रिया नमिलेपछि भदौमा पुनः टेण्डर आह्वान गरिएको डिपो प्रमुख घिमिरेको भनाइ छ ।

संस्थानले चालु आवमा सिर्दिबास डिपोका लागि सदरमुकामबाट दुई हजार क्विन्टल चामल दुवानी गर्नुपर्नेछ ।

गोरखा सदरमुकामदेखि आरुघाटको सोतीबजारसम्म यातायात साधन प्रयोग गरी चामल ढुवानी गर्ने भए पनि सोती बजारदेखि माथि खच्चडलाई बोकाएर लैजानुपर्ने बाध्यता छ । खाद्य संस्थान गोरखाले माछाखोला डिपोबाट वितरण गर्ने अनुदानको चामल जिल्लाको साविकका केरौजा, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका साविक गाविसका बासिन्दालाई वितरण गर्दै आएको छ । त्यस्तै सिर्दिबास डिपोबाट वितरण गरिने चामल सिर्दिबास, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत, सामागाउँका बासिन्दालाई वितरण गरिदै आएको छ ।

अहिले संस्थानको सिर्दिबास डिपोमा १०३ क्विन्टल र माछाखोला डिपोमा ७९० क्विन्टल चामल मौज्जाद रहेको डिपो प्रमुख घिमिरेले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result