अमेरिका। गत आइतबार जय नेपाल इन्टरनेशनल फाउन्डेसनको जर्जिया च्याप्टर धर्मराज घिमिरेको अध्यक्षतामा गठन भएको छ। अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा यादव पण्डितको प्रमुख आतिथ्यतामा भएको भेलाले च्याप्टर कमिटि गठन गरेको हो। नव गठित कार्यसमितिका अन्य पदाधिकारीहरूमा दिनेश राई, जंग बा.थापा, विनोद यादव र सरोज कु.भण्डारी रहेका छन्। नव निर्वाचित पदाधिकारीहरूलाई जन सम्पर्क समिति जर्जिया च्याप्टरका अध्यक्ष सन्तोष पहाडीले खादा माला लगाएर स्वागत गर्नु भएको थियो।
नव गठित कार्यसमितिलाई बधाई दिँदै पहाडीले नेपाल र नेपालीहरू माझ प्रजातन्त्र र लोकतन्त्रमा सकारात्मक भूमिका खेली समाजको सेवामा लाग्न आग्रह गरे भने नेपाली कल्चर सेन्टरका अध्यक्ष सि.ऐन.घिमिरेले नाम जस्तै नेपालीहरूको जय हुने काम गर्न सुझाव दिए। धन्यबाद दिने क्रममा इन्टरनेशनल नेप्लीज लिट्टेचर सोसाइटी जर्जिया च्याप्टरका अध्यक्ष मिरा कोइरालाले जय नेपाल फाउन्डेसन सँग शिक्षा क्षेत्रमा काम गर्ने साथै जर्जियामा पुस्तकालय स्थापनमा चासो देखाउनु भयो। यस्तै मधेसी समाज जर्जीया च्याप्टरका अध्यक्ष जय नारायण शाहले कुनै वादको पक्ष भन्दा पनि नेपाल र नेपालीहरूका लागि काम गर्न सुझाव दिए। त्यस्तै ऐन.ऐ.जी.का पूर्व अध्यक्ष सूर्य लम्सालले संस्थाहरूको संख्यामा भन्दा पनि काम र असरमा ध्यान दिन आग्रह गरे भने एनआरएनका संस्थापक उपाध्यक्ष विश्व आडंग्देम्बेले नेपालको शिक्षा नीति र राजनीतिक विश्वको शिक्षा नीति सँग मिलाउन जरुरी भएको बताउनु भयो। मनतब्यकै क्रममा एनआरएन जर्जिया च्याप्टरका अध्यक्ष कपिल वाग्लेले यो संस्था “थिडंग् ट्याडंक” को काम गरी नेपाल र नेपालीहरूका माझ काम गर्न सुझाव दिए।
फाउन्डेसनको जर्जिया च्याप्टरका अध्यक्ष धर्मराज घिमिरेले जर्जियामा रहेका सबै नेपाली संस्थाहरूलाई शुभ-कामनाका लागि धन्यबाद दिँदै , आगामी दिनहरूमा सबैसँग मिलेर र मिलाएर यो संस्थालाई अगाडी लैजाने साथै “जय नेपाल” नाम जस्तै जय नेपालीहरू र नेपाली समाज बनाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया लेख्नुहोस्:-