काठमाडौं । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् लैजान बिहीबार त्रिपक्षीय सम्झौता भएको छ।
नेपालका ऊर्जामन्त्री, बंगलादेशका वातावरणमन्त्री र भारतीय राजदूतको उपस्थितिमा काठमाडौंमा विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो।
सम्झौतामा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत नर्याङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी०का अध्यक्ष रिटेल करिम र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्।
ऊर्जा मन्त्रालयका अनुसार नेपाल र बंगलादेशबीच विद्युत निर्यातको सम्झौता र नेपाल, भारत र बंगलादेशबीच भारतीय प्रसारणलाइनमार्फत विद्युत लैजान हस्ताक्षर भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-