Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माटोको भाँडा बनाएरै जीवन निर्वाह

अशोज १८, २०७५ १:५५ मा प्रकाशित
माटोको भाँडा बनाएरै जीवन निर्वाह
Share on FacebookShare on Twitter

दाङ १८ असोज / मोटोका भाँडा बनाउँदैमा गाजुराम थारूको ५० वर्ष बित्यो । उमेरले ६५ कटेपनि गाजुराम अझै यही पेशामा रमाइरहनुभएको छ ।

दाङको गढवा गाउँपालिका पत्रेङ्गा गाउँ निवासी गाजुराम मात्र होइन उहाँका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् । विदेश गएर भन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उहाँले बताउनुभयो । यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उहाँले थप्नुभयो । उहाँले भन्नुभयो, “जग्गा जमीन केही छैन, मेरो पनि छैन, बाबु बाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्याँै ।”

गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, कोशी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महीनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरीरहेको गाजुरामले सुनाउनुभयो ।

छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने उहाँको भनाइ छ ।
कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहनुभएका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउँने गर्छन् ।
सो गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न छोडेको भन्ने उहाँलाई खासै पत्यार भने लाग्दैन । “विसं २०५५÷५६ सालसम्म धेरै बिक्थ्यो, त्यसपछि पनि एक दुई साल केही कम भयो तर अहिले पनि हाम्ले त बेचिरहेका छौँ”, उहाँले भन्नुभयो ।

विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थप्नुभयो “पढायो पढायो, काम गर भन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन्”, उहाँले भन्नुभयो । गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । “म पनि औँठाछाप हुँ, छोराहरु पनि औँठाछाप हुन् शायद पढेको भए, मैले नि माटोका भाडा बनाउने थिएन कि ? रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result