अमेरिका। जय नेपाल फाउनडेशनले आगामी शनिवार दशैको शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। जुम मार्फत विश्वभर रहेका नेपाली बिच नेपालीहरूको महान चाड दशैको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गर्न लागेको अध्यक्ष डा पण्डितले बताए।
नेपालीहरूले सिकेका ज्ञान र सीपमार्फत नेपाल र आफू रहेको स्थानमा समेत सकारात्मक कार्य गर्ने उद्देश्यले स्थापित यस संस्थाले विगतमा समेत ज्ञानमूलक तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ।
जुम मार्फत हुन् लागेको यस शुभकामना कार्यक्रममा संस्थाले सबैलाई जोडिन समेत आग्रह गरेको छ।
विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रमको समय
नेपालको समय: साँझको ०६:०० (अक्टोबर ५, २०२४ शनिवार )
न्युयोर्कको समय: बिहानको ०८:१५ (अक्टोबर ५, २०२४ शनिवार )
क्यालिफोर्नियाको समय: बिहानको ०५:१५ (अक्टोबर ५, २०२४ शनिवार )
टेक्ससको समय: बिहानको ०७:१५ (अक्टोबर ५, २०२४ शनिवार )
जुम आइडी : 954 8063 9126
पासवर्ड : 2024
प्रतिक्रिया लेख्नुहोस्:-