Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्टार फुटबलर रोनाल्डोलाई पनि बलात्कारको आरोप

अशोज १९, २०७५ ९:३१ मा प्रकाशित
स्टार फुटबलर रोनाल्डोलाई पनि बलात्कारको आरोप
Share on FacebookShare on Twitter

अक्टुवर ५/ संसारभर नै महिलामाथि हुने बलात्कार लगाएतका यौनहिंसाका घटनामा चर्चित व्यक्तिहरुको संलग्नताका बारेमा धेरै समाचारहरु सार्वजनिक भैरहेका छन्। घटना भएको दशकौं पछि पनि महिलाहरुले यौनहिंसाका घटनाहरु सार्वजनिक गरिरहेका छन् । अमेरिकी सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ब्रेट क्याभाना बिरुद्ध डा.क्रिष्टिन बेस्ली फोर्डले लगाएको आरोपले गएको महिनाको तेश्रो सातादेखि अमेरिकी संचार माध्यमहरुमा निकै स्थान पाइरहेको छ। अमेरिकी सिनेटमा क्याभनाको ‘कन्फर्मेसन ह्यरिंग’का बखत उठेका प्रश्नहरुले पनि यौनहिंसा पीडित महिलाहरुलाई बर्षौंपछि पनि सो घटना सार्वजनिक गर्न उत्पेरित गरिरहेको पाइन्छ। 

बलात्कार र यौनहिंसाको श्रृंखलाको पछिल्लो शिकार भने चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो भएका छन्। सन् २००९ मा लस भेगसमा अमेरिकी शिक्षिका क्याथरिन मायोर्गामाथि रोनाल्डोले आफैं बसेको होटलको कोठामा बलात्कार गरेको आरोप लागेको छ। मायोर्गाले आफ्नो उजुरीमा रोनाल्डोलाई ‘पाल्म्स होटल एण्ड क्यासिनो’को नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्।

महिलाहरु उपर भैरहेको यौनजन्य हिंसा र बलात्कार बिरुद्ध संसारभर नै अचेल महिलाहरूले आफूमाथि भएका यौनहिंसाका घटना सार्वजनिक गर्न उत्पेरित गर्ने गरि हाल चलिरहेको ‘मि टु‘ अभियानका कारण

३४ वर्षीया अमेरिकी शिक्षिका मायोर्गाले पनि सो घटनालाई बाहिर ल्याएको उनकी वकिलले बताएका छन्। जर्मन पत्रिका ‘डेर स्पिगल’का अनुसार मायोर्गाले उक्त बिवादित बलात्कारको घटनालगत्तै लस भेगसको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्। तर घटनाको अर्को बर्ष मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेर करिब तीन लाख ७५ हजार डलरको भुक्तानी लिएको र घटना सार्वजनिक नगर्ने सहमति गरेको समाचार छ। तर हाल हाल आएर मायोर्गाका वकिलहरू त्यो सहमति खारेज गर्न चाहन्छन्। करीब १० बर्षअघिको सो घटनामा रोनाल्डोलाई कार्बाहीको माग गर्दै फेरि लसभेगसमा प्रहरी अनुसन्धान अघि बढेको बताइन्छ।

विश्वकप फुटबल २०१८ लगत्तै गत जुलाई महिनामा रियल मड्रिडबाट युभेन्टसमा सरेका ३३ वर्षीय स्टार फुटबलर रोनाल्डोले भने मायोर्गाका आरोपहरूको खण्डन गर्दै आएका छन् र उनको नयाँ क्लब युभेन्टसले समेत रोनाल्डोको बचाउ गरेको छ।

युभेन्टसका तर्फबाट आजै आएको एउटा ट्वीटमा पछिल्ला महिनाहरूमा क्रिस्टियानो रोनाल्डोले प्रदर्शन गरेका ठूलो व्यावसायिकता तथा प्रतिबद्धतालाई सबैले सह्राना गरेको   भनिएको छ।

IMG_2870.jpeg

तर यसबीच रोनाल्डोसंग अर्बौं डलरको प्रायोजन सम्झौता गरेको अमेरिकी कम्पनी नाइकी लगाएतका व्यापारिक प्रायोजकहरुलाई भने रोनाल्डोलाई लागेको ताजा आरोपले निकै चिन्तित बनाएको समाचारहरुमा  जनाइएको छ। 

मायोर्गाका वकिलहरुका अनुसार सो बलात्कारको घटनाका कारण उनी डिप्रेसनको शिकार भएर झण्डै आत्महत्या गर्ने सम्मको अवस्थामा पुर्याएको थियो। रोनाल्डोको कोठासम्म उनी कसरी पुगिन् र पछि रोनाल्डोसंग किन लाखौं डलर लिएर सो घटना सार्वजनिक नगर्ने सहमति भयो भन्ने बिवाद भने रोनाल्डोलाई लगाइएको आरोपकाबीच उठि नै रहने बताइन्छ। 

रोनाल्डोलाई लागेको यो ताजा आरोप प्रमाणित भएको खण्डमा उनको फुटबल जीवन समाप्त हुने र उनका करोडौं समर्थकहरुले उनको खेल हेर्न नपाउने स्थिति बन्न सक्ने छ।

तस्वीर: गेटी इमेज 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result