क्यालिफोर्निया, अमेरिका ।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई यस क्षेत्रमा रहेका नेपाली नागरिकले पासपोर्ट बनाउने वा नवीकरण गर्ने कार्यका लागि ‘प्रोएक्टिभ’ भएर काम गरिदिन सुझाव दिएका छन् । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले एक प्रेस नोट जारी गरि उक्त सुझाव दिएका हुन ।केही नेपालीहरुले आफ्नो पहुच देखाउनको लागि केही राज्यहरुमा मात्र दूतावासका कर्मचारी बोलाउने गरेको हुंदा धेरै नेपालीहरु सुविधावाट बन्चित भएको पाण्डेले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
“पास्पोर्ट बनाऊने टोली केही राज्यहरुमा मात्र जादा सानो समुह मात्र लाभान्वित समुह मात्र लाभान्वित हुदा धेरै नेपालीहरु समस्यामा परेका र खासगरि अमेरिका कुना कुनामा रहेका विधार्थीहरु समस्यामा परेका छन् ” पाण्डेले भनेका छन् यसले दूतावासको समेत राम्रो इमेज कायम रहन सकेको छैन । ‘पासपोर्ट बनाउने र नवीकरण गर्ने कार्यमा निवेदकलाई सशरीर उपस्थित गराउने व्यवस्था सेवाग्राहीका लागि खर्चिलो भयो, युग अनुसारको प्रविधिको प्रयोग गरेर सुविधा दिनुपयो भनेर सुझाव दिएको, एउटा निवेदन दिइराख्नुस् न भनेर फोन राखिदिनुभयो-पाण्डेले भनेका मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले पाण्डेले भनेका छन् – प्राध्यापक भइसकेको विद्वान व्यक्तिले व्युरोक्य्राटिक चातुर्य मात्र प्रयोग गर्नु ठिक होइन, कसैको लिखित निवेदन नआए पनि आवश्यकता बुझेर प्रोएक्टिभ व्यवहार देखाउनु आवश्यक हुन्छ ।
राजदूतावासको आधिकारिक बेबसाइट https://us.nepalembassy.gov.np
‘काम गरिखाने वा विद्यार्थी भएर अमेरिकामा रहेका नेपालीले वासिंगटन डिसीमै पुगेर सोमबारदेखि शुक्रबारसम्म सशरीर हाजिर जनाएर पासपोर्ट लिनुपर्दा एकातिर काम र पढाइ बिग्रिरहेको छ भने अर्कातिर आर्थिक रुपले खर्चिलो र समयको बढी लगानी गर्न बाध्य हुनुपरेको छ’ क्यालिफोर्निया क्षेत्रका लागि नेपाली पर्यटन दूत भइसकेका अध्यक्ष पाण्डेले पाण्डेले प्रेस नोटमा उल्लेख गरेका छन् ।
र्मार्च महिनादेखि ३५ र ६४ पृष्ठको ई–पासपोर्टका लागि क्रमशः १५० र २०० अमेरिकी डलर शुल्क लाग्ने व्यवस्था गरिएको छ । तर टाढा–टाढाका राज्यमा रहेका नेपालीले कूनै पनी पासपोर्ट र पावर अफ एटोर्नीको लागि काम र लागि यातायात र आवास लगायतको खर्चका कारण २००० डलरसम्म लगानी गर्नुपरेको छ
प्रतिक्रिया लेख्नुहोस्:-