Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

एमालेले कुमार पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति बनाएको थियो: वली 

अशोज २०, २०७८ ४:५५ मा प्रकाशित
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित
Share on FacebookShare on Twitter

 

अमेरिका । गैर आवासीय नेपाली सङ्घमा राजनीति कहाँ र कसबाट भयो भन्ने विषयमा नेपाल पत्रकार महासङ्घ युरोप शाखाको लाइभ कार्यक्रममा निक्कै पेचिलो बहस भएको छ । एनआरएनएको बर्तनमान नेतृत्वले कसरी राजनीति गरिरहेको छ भन्ने उदाहरण प्रस्तुत गर्दै गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व सल्लाहकार तथा ने बि सङ्घका पूर्व महामन्त्री समेत रहेका डाक्टर यादव पण्डितले भने “एक साता अगाडि एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपाली काँग्रेसका सभापति र उहाँ नजिकका नेताहरूलाई विपक्षी वा विरोधी दलको रूपमा चित्रित गरेर अन्तरवार्ता दिनु भयो । कमन भाषामा भन्ने हो भने उहाँहरूलाई हामी देखाइदिन्छौँ भनेर च्यालेन्ज गर्नु भयो । यो हद दर्जाको राजनीति हो । एनआरएनए संस्थालाई, एनआरएनएको मञ्चलाई भनौं वा फोरमलाई कुनै पनि दल विरुद्ध  प्रयोग गर्ने कुरा अत्यन्तै दुखद छ ।”

विगतमा एनआरएनएका अरू पदाधिकारी राजनीतिक रूपमा सक्रिय भए पनि अध्यक्षहरूले सिधै यसरी राजनीतिक दल विरुद्ध टसल गरेका थिएनन् । यस पटक अध्यक्ष कुमार पन्तले सार्वजनिक कार्यक्रममा नै आफू कुनै राजनीतिक दलको कार्यकर्ता भएर काम गरिसकेको जिकिर गर्दै  सत्तासीन दल नेपाली काँग्रेसको नेतृत्व विरुद्ध चुनौती दिए । त्यसपछि स्थिति थप असहज बन्न पुगेको धेरैको बुझाई छ ।

डाक्टर पण्डित  राजनीतिक दलहरूले मात्र राजनीतिकरण गर्न खोजे वा एनआरएनएले पनि दलहरू माथि राजनीति गरिरहेको छ भनेर केलाएर हेर्दा सबै कुरा छर्लङ्ग हुने तर्क गर्छन् । पण्डितले भने  “गैर आवासीय नेपाली सङ्घको नेतृत्वले एउटा निश्चित राजनीतिक पार्टीलाई सपोर्ट गर्ने, एउटा निश्चित विचारलाई प्रमोट गर्ने त्यसैसँग मिलेर कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रममा एउटा निश्चित दल र त्यसको पनि एउटा समूहलाई एनआरएनएले प्रमोट गर्नु नै राजनीति हो ।”

विगतमा अध्यक्षबाट न्याय हुन्छ भन्ने ठाउँ बाकी रहन्थ्यो । कुमार पन्तको विबादास्पद बोली र भूमिकाका कारण यस पटक त्यो पनि बाकी रहने । संस्था कब्जा गरिराख्ने निहित उद्देश्यले गरेका कामहरूलाई समर्थन वा अनुमोदन गराउन आफ्ना विश्वासिला पात्रहरूलाई राखेर एकतर्फी रूपमा गठन गरिएका समितिहरूले निष्पक्ष भएर काम गर्छन् भन्ने विश्वास नभएपछि परराष्ट्र मन्त्रालयमा उजुरीहरू पुगेका छन् । उजुरी दिने मध्येका एक एनआरएनए अभियन्ता सन्नी वली भन्छन्  “सयौँ उजुरी, निवेदन र इमलेको कार्यसमितिले रेस्पोन्स नगरेपछि बाध्य भएर परराष्ट्र मन्त्रालय जानु परेको हो ।”

प्रवासी नेपाली मञ्चका अध्यक्ष बेलायत निवासी भक्त गुरुङले नेपाली काँग्रेसबाट एनआरएनएमा राजनीति भएको जिकिर गरे । उनले भने “नेपाली काँग्रेस जस्तो पार्टीले एनआरएनए जस्तो पवित्र संस्थामा राजनीति गर्नु हुँदैन । यो जिम्मेवार व्यवहार हैन ।”

एमाले निकट प्रवासी मञ्चका अध्यक्ष समेत भइसकेका भक्त गुरुङको भनाइसँग माओवादी पार्टीसँगको निकटको सम्बन्ध भएका एनआरएनए अभियन्ता सन्नी  वली सहमत छैनन् । भन्छन्  “एनआरएनएमा राजनीतिक दलहरूले चासो राख्ने, आफ्नो नजिकका मानिसलाई नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने काममा सबै पार्टीले कुनै न कुनै रूपमा काम गरिरहेका छन् । कुनै पार्टी खुलेर देखिएका छन् । कुनैले लुकेर सर्कुलर जारी गरिरहेका छन् । गत निर्वाचनमा कुमार पन्तलाई जिताउन एमालेले सुभाष नेम्वाङको नेतृत्वमा ३ सदस्यीय समिति बनाएर विश्वभर सर्कुलर गरेको थियो । त्यो सर्कुलर अहिले पनि मसँग सुरक्षित छ ।”

गत निर्वाचनमा एमालेले सुभाष नेम्वाङको नेतृत्वमा कुमार पन्तलाई जिताउन अभियान चलाएको थियो भने नेपाली काँग्रेसले महामन्त्री पूर्ण बहादुर खड्काकै नेतृत्वमा ९ सदस्य समिति गठन गरी कुल आचार्यलाई  सहयोग गरेको थियो । यस पटक पनि अदृश्य रूपमा रूपमा एमालेले काम गरिरहेकै छ भने नेपाली काँग्रेसले महामन्त्री खड्काकै नेतृत्वमा ९ सदस्य समिति गठन गरेको छ । खड्का नेतृत्वको अघिल्लो समितिमा रहेका ८ जना पुरानै अनुहार हुन । नवीन्द्रराज जोशीको मृत्यु भएका कारण यस पटक जनसम्पर्क समिति हेर्ने प्रमुख जिम्मेवारी पाएका गोविन्द भट्टराई समितिमा थपिएका छन् ।

नेपाली काँग्रेस पार्टीको सक्रियता र पत्रलाई गैर आवासीय नेपाली सङ्घको निर्वाचनको मुखमा गलत ढङ्गले अर्थ्याइएकोमा महामन्त्री पण्डितको दुखेसो छ ।  “एनआरएनए जस्तो संस्थाले सबैसँग मिलेर काम गर्नु पर्छ । त्यसका लागि कम्तीमा नेपालका राष्ट्रिय दलहरूको समर्थन प्राप्त गर्ने कुरा, विदेशमा रहेका जन सम्पर्क समिति, प्रवासी मञ्चको जन प्रगतिशील मञ्च वा अरू सङ्घ संस्थाको औपचारिक समर्थन प्राप्त गर्ने कुरा एनआरएनएको अध्यक्ष हुने योग्यताहरू मध्येको एउटा योग्यता हुनु पर्ने हो ।  यो कसरी खराब भयो ? कसरी हस्तक्षेप मानियो ?  लुकेर फलाना उम्मेदवारलाई सहयोग गर भन्ने भन्दा सार्वजनिक रूपमा नै मेरिटका बेसमा हाम्रो सहयोग फलानालाई छ भन्नु आफैमा पारदर्शी कुरा हो ।”

सामाजिक संस्थाको नेतृत्वमा गइसकेपछि पदाधिकारी भइसकेपछि भने राजनीतिक आग्रहका आधारमा कुनै दलको पक्षमा वा विपक्षमा लाग्नु हुँदैन भन्छन् पण्डित ।  “निर्वाचन पछि उनीहरूले सबैलाई समान रूपमा हेर्नु पर्छ । समान व्यवहार गर्नु पर्छ । एउटा राजनीतिक पार्टी वा विचारलाई प्रोमोट गर्न अर्कोको विपक्षमा उभिनु हुन्न भन्ने स्थापनाकालीन मान्यता अडिग हुनु पर्छ ।”

संस्थापक अध्यक्ष देखि पूर्व अध्यक्ष भवन भट्टसम्मले नेपालका प्रमुख राजनीतिक दलहरूसँग टसल नगरी एउटा समझदारीमा काम गरे । राजनीतिक दलहरूसँग कुनै लेनदेन नभएको पक्कै हैन । आन्तरिक रूपमा जे भए पनि सार्वजनिक रूपमा राजनीतिक हिसाबले कुनै राजनीतिक दलको पक्षपोषण भने  उनीहरूले गरेका थिएनन् । वर्तमान अध्यक्ष कुमार पन्तले भने संस्थाको साख जोगाउन कै लागि भए पनि सन्तुलित भूमिकामा रहनु पर्नेमा पार्टीको कार्यकर्ता भएर काम गरिसकेको उल्लेख गर्दै त्यही रूपमा प्रकट भएर नेपाली काँग्रेसको नेतृत्व माथि  आरोप लगाइरहेका छन् । एनआरएनएको वर्तमान नेतृत्वको यस्तो कमजोरी संस्थाको पारदर्शिता, स्वस्थ विकास र एनआरएनएको सिङ्गो अभियानका लागि घातक बन्दै गएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result