Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सत्खुलवा तालमा फूल हेर्न आउनेको घुइँचो

अशोज २१, २०७५ १:१३ मा प्रकाशित
सत्खुलवा तालमा फूल हेर्न आउनेको घुइँचो
Share on FacebookShare on Twitter

बाँके, नेपालगञ्ज, २१ असोज / बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ ।

उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका अनुसार फूल हेर्नका लागि पनि उक्त ताल पर्यटकको गन्तव्य बनेको छ । वारबर्दिया नगरपालिकाका कार्यालय प्रशासकीय अधिकृत चुडामणि पन्थीले भन्नुभयो, “निकुञ्जको प्रवेशद्वार उट्घाटन भएपछि त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको हो ।” उहाँले पर्यटक बढेकाले यहाँको माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको नगरपालिका–९स्थित खैरनी गाउँको उक्त तालमा चार वर्षअगाडि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न थालिएकामा अहिले पनि डुङ्गामा सयर गर्नेहरूको पनि घुइँचो लाग्ने गरेको बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक डुङ्गामा सयर गर्दै तालमा पानी खान आउने जङ्गली जनावर अवलोकन गर्न पाउनु नै यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरेपहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले सत्खुलवा ताल भनिएको हो ।जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण रहेको उक्त तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, शालक, अजिङ्गरलगायत जङ्गली जनावर त्यहाँ पानी खान आउने गर्छन् ।

ताल संरक्षण समितिले २०७२ साल पुसदेखि तालमा घुम्नका लागि डुङ्गाको व्यवस्था गरेकाकाले हालसम्म करीब १० हजार आन्तरिक तथा बाह्य पर्यटकले तालको अवलोकनका साथै रातो कमलको फूलको सुगन्धसमेत लिने गरेको ताल संरक्षण समितिले जनाएको छ । उक्त समितिले तालमा प्रवेश गर्नेसँग रु दश र डुङ्गा चढे्नेसँग २५ शुल्क लिने गरेको छ ।

ताल संरक्षण समितिका सचिव राजकुमार थारूले शुल्कबापत उठेको रकम तालकै विकासका लागि खर्च गर्दै आएको बताउनुभयो । भर्खर संरक्षण गर्न थालिएको सो तालको आसपास रैथाने तथा आगन्तुक चराका साथै जङ्गली जनावरको सङ्ख्या बढ्दै गएको र पर्यटक पनि बढ्दै गएको संरक्षणकर्मी सुनील चपागार्इं बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण प्रमुख अशोक भण्डारीले उक्त ताल जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण ताल रहेकाले अहिले त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको बताउनुभयो । मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जङ्गली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान हो । यसमा रैथाने तथा आगन्तुक चराको सङ्ख्या बढ्दै गएकाले स्थानीय युवाको सक्रियतामा सत्खुलवा ताल पर्यटकीय क्षेत्रमा परिणत भएको छ ।राजमार्ग नजीकै भएका कारण पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यस सत्खलुवातालमा पनि घुम्न आउने गरेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result