Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

अशोज २३, २०७५ १:३९ मा प्रकाशित
शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै
Share on FacebookShare on Twitter

बागलुङ, २३ असोज / शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ ।

विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम संग्रहालयको निर्माण धमाधम भइरहेको छ ।

धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालग्राम शिलालाई संग्रहालयमा व्यवस्थित रुपमा राखिन थालिएको बालाजीधामले बताएको छ । हाल तिरुपती बालाजीधाममा रहेका २४ हजार शालग्रामलाई संग्रहालयमा राखिने भएको छ ।

भगवान् शिवको प्रिय अस्त्र मानिने त्रिशुल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रुपमा शालग्राम राख्न संग्रहालय बनाइने छ भने त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्शा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी लगायतका कार्य गरिने छ । सुरुङको पहिलो खण्डमा त्रिवेणीधामदेखि दामोदर कुण्ड जाने नक्शा, बीच भागमा धौलागिरि हिमालसँगै शिवजीको मूर्ति राखिने छ ।

सुरुङको दोस्रो खण्डमा सिसाभित्र २४ हजार शालग्रामको दर्शन गर्न सकिने गरी राखिनेछ र ती शालग्रामलाई केशव, नारायण, माधव र गोविन्द लगायतका नाम दिइने छ । त्यस्तै, तेस्रो खण्डमा मुक्तिनाथ भगवान्को तपोभूमि÷तपस्यास्थल निर्माण गरिने छ । चौथो खण्डमा भगवान्हरुको मूर्ति प्रदर्शनी तथा मुक्तिनाथ मन्दिरको महिमा, शालग्राम र गण्डकीको महिमामा केन्द्रित वृत्तचित्र प्रदर्शन गरिने छ ।

साविकको धौलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँुडुले फेदीस्थित श्री रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम संग्रहालय निर्माण गर्न लागिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविष्यमा शालग्राम हराउँदै जाने देखिँदा शालग्राम संरक्षणमा जुटेका हौं,” उहाँले भन्नुभयो – “यस कार्यलाई पूर्णता दिन सबैको सहयोग आवश्यक छ ।”

मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई बागलुङ भित्र्याउन समेत यस शालग्राम संग्रहालयले ठूलो योगदान गर्ने बताइएको छ । करीब रु चार करोडको लागतमा यसको निर्माण गर्न थालिएको हो । स्वामी प्रपन्नाचार्यले भन्नुभयो – “अहिले सुरुङ निर्माण अन्तिम चरणमा छ ।” विशेष गरी मुक्तिनाथ मन्दिर आउन चाहने हिन्दु धर्मावलम्बीहरुका लागि यहाँ रहेका २४ हजार शालग्राम आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

अबको एक महिनामा सुरुङ मार्गको काम सकिने र त्यसपछि अन्य भौतिक संरचनाको काम थालिने बालाजीधामले बताएको छ । रु चार करोड रकम जुटाउन आफ्ना तर्फबाट सक्दो पहल भइरहेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

हाल बालाजीधाममा स–साना शालग्रामदेखि ३०० किलोग्रामसम्मका शालग्राम संगृहीत छ । परापूर्व कालदेखि नै शालग्राम संगृहीत गर्दै आएका स्व. स्वामी श्रीधरचार्यको सपना पनि संग्रहालयको निर्माणबाट साकार हुने स्थानीय बासिन्दाले ठानेका छन् ।

“धार्मिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ पुगे सरह यस संग्रहालय तथा मन्दिरमा आउँदा समग्र बागलुङ जिल्लाको पर्यटन क्षेत्रको विकास हुनेछ,” समाजसेवी गोविन्द पौडेलले भन्नुभयो । मुक्तिनाथ जाने पर्यटकहरुलाई बागलुङ भित्र्याउन संग्रहालय तथा यस मन्दिरले ठूलो योगदान गर्ने उहाँको विश्वास छ ।

“मन्दिरको आम्दानीको स्रोत केही छैन, सहयोगी दाताहरुले दिएको दानदातव्यको भरमा मन्दिर सञ्चालन भएको छ,” मन्दिरलाई निरन्तर सहयोग गर्ने सहयोगीदाता सहदेव राजभण्डारीले भन्नुभयो – “ंसंग्रहालय बनाउन सबैको सहयोग चाहिन्छ ।”

सुरुङ निर्माणको ठेक्का साउथ एशियन एन्फ्रास्ट्रक्चर निर्माण कम्पनीले पाएको छ । निर्माण कम्पनीका इन्जिनीयर नरोत्तम कार्कीका अनुसार सेमि–सर्कल प्रविधिमा निर्माण भइरहेको उक्त सुरुङ ३ मिटर उचाइ र ३ मिटर ७० सेन्टिमिटर चौडा छ । नदीहरुमा प्रशस्त मात्रामा पाइने शालग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति र सम्बद्ध सङ्घसंस्थाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।

हिन्दु धर्मावलम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुँगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवी र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतार मान्छन् ।

स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणमा जीवन समर्पण गर्ने एक अभियन्ता मानिनुहुन्छ । उहाँकै नामबाट संग्रहालयको नामकरण गरिने भएको छ । उहाँको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरीलगायत दुई दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result