काठमांडौं ।
यही अक्टोबर १५ देखि १७ सम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनका लागि यस पटक एनआरएनएमा वामपन्थी र प्रजातन्त्रबादीहरु समूह बनाएरै मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक समूहबाट कुल आचार्यको समूहमा उपाध्यक्षमा डाक्टर केशव पौडेल (अमेरिका) मन केसी (अस्ट्रेलिया) , नरेन्द्र भाट (मध्यपूर्व) र महिला उपाध्यक्षमा रविना थापा रहेका छन् ।
लामो कसरत पछि आचार्यको समूहबाट महासचिवमा जानकी गुरुङको नाम तय भएको छ । महासचिवका दवेदार डाक्टर केशव पौडेललाई उपाध्यक्षमा मनाउन पूर्व अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट, अध्यक्षका दाबेदार कुल आचार्य र नेपाली काँग्रेसका नेताहरूले धेरै मेहनत गर्नु परेको थियो । एनआरएनएमा कब्जा जमाएर बसेका वामपन्थीहरूले अमेरिकालाई कमजोर बनाइराख्न सबै भन्दा बढी दुख दिएका व्यक्ति डाक्टर पौडेल हुन । एनआरएनएमा रसियन ब्लक र वामपन्थी सिन्डिकेट तोड्न आचार्यको नेतृत्वमा बनेको टिममा शक्ति सन्तुलनका लागि सबै अट्नु र मिल्नै पर्ने भएका कारण आफू उपाध्यक्षमा जान बाध्य भएको केशव पौडेलले आफू निकटहरूसँग बताएका छन् ।


अध्यक्षका प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यको समूह निर्माणमा यसरी नेकपा र नेपाली काँग्रेस नै निक्कै गंभिर भएर लागि परेका छन् । यस पटक एनआरएनए निर्वाचन नेपाल कम्यूनिष्ट पार्टी र नेपाली काँग्रेसको छाया निर्वाचनको रूपमा देखापरेको छ । एनआरएनए निर्वाचनमा वामपन्थी र प्रजातन्त्रबादी समूह बाहिरबाट रहर र लहडमा उम्मेदवारी दिनेहरूको सङ्ख्या यस पटक न्यून हुने अनुमान गरिएको छ । साथै समूहमा नपर्नेहरूले यस पटक जित निकाल्न प्राय असम्भव देखिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-