काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर गणतन्त्रलाई संस्थागत गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री उनले बुधबार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-