काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोलि कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् ।
शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको पोखरेलले जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्:-