Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अध्यक्षमा त्रिपक्ष भिडन्त, महासचिवमा सुवेदी र जोशीको टक्कर

कार्तिक १, २०८० २:४२ मा प्रकाशित
एनआरएनए अध्यक्षमा त्रिपक्ष भिडन्त, महासचिवमा सुवेदी र जोशीको टक्कर
Share on FacebookShare on Twitter

काठमांडौं । गैर आवासीय नेपाली सङ्घको नयाँ नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस अर्थात् प्रजातान्त्रिक समूहले अगाडि बढाएका महेश श्रेष्ठ, एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका बद्री केसी र माओवादीको तर्फबाट अध्यक्षको उम्मेदवार भएका आर के शर्मा बिच प्रतिस्पर्धा छ ।  महेश श्रेष्ठ र बद्री केसीले पुरै समूह बनाएर बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । आर के शर्माले भने ६० प्रतिशत पदहरूमा मात्र उम्मेदवार खडा गरेर मैदानमा आएका छन् ।

आर के शर्माको समूहमा महासचिवको उम्मेदवार छैन । नेपाली काँग्रेस अर्थात् प्रजातान्त्रिक समूहले अगाडि बढाएका महेश श्रेष्ठका महासचिव बुद्धि सागर सुवेदी र एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका  बद्री केसीका महासचिव गौरी जोशी बिचमा प्रतिस्पर्धा रहेको छ । महासचिवमा भिड्दै गरेका  सुबेदी र जोशी दुवै जना अमेरिकामा रहेका नेपालीहरुमध्ये सबै भन्दा धनी व्यापारी हुन् । एनआरएनएमा पछिल्लो ६ वर्ष देखि दुई जना बिचमा उतारचढाव पूर्ण सम्बन्ध भए पनि एउटै पदमा आमनेसामने भने पहिलो पटक भएका हुन् ।

एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुबेदीलाई आजको दिनसम्म आइपुग्न नदिन एनआरएनए आइसीसीको आडमा गौरी जोशीले गरेका अनेकौँ हतकन्डा असफल भएपछि अन्ततः दुई जना महासचिवको होडमा आमने सामने हुन आइपुगेका छन् । सन् २०१९–२१मा एनआरएनए अमेरिकाको उपाध्यक्ष र मेम्बर सिप ड्राइभ कमिटीको चेयर हुँदै गर्दा अमेरिकाको सदस्यता वितरण नै रोक्न संस्थागत र सार्वजनिक रूपमा नै प्रयास गरेका थिए  गौरी जोशीले । तत्कालीन सचिव जोशीको त्यो प्रयास सफल हुन सकेन । सुबेदीको नेतृत्वमा एनआरएनए अमेरिकाको इतिहासमा नै सबै भन्दा बढी २१ हजार सदस्य बने ।

आइसीसी सचिव जोशीले त्यसपछि निर्वाचन नै हुन नदिन धेरै प्रयास गरेका थिए । त्यसमा पनि जोशी असफल भए । निर्वाचनमा अगाडि बढी सकेपछि अध्यक्षका उम्मेदवार सुबेदी विरुद्ध कृष्ण लामिछानेलाई उम्मेदवार बनाए । लामिछानेको चुनावी सभामा नै पुगेर गौरी जोशीले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै “लामिछाने एनआरएनए अमेरिकाको अध्यक्षको उम्मेदवार नभई आफै भएको र हारेमा आफ्नो हार हुने” बताएका थिए । लामिछाने चुनावमा पराजित भए । जोशीकै शब्दमा गौरी जोशी त्यस बेला बुद्धि सुबेदीसँग चुनाव हारे ।

हारको चोट सहन गर्न नसकेका तत्कालीन आइसीसी सचिव जोशीले एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदीलाई महाधिवेशनमा शपथ गर्न नदिएर पदभार ग्रहण नै गर्न नदिन दलबल सहित कार्यक्रम नै बिथोल्न प्रयास गरेका थिए । तर त्यो प्रयास पनि सफल हुन सकेन । सुबेदीसँगको लडाइमा धेरै पटक असफल भएका जोशी अन्ततः एनआरएनए आइसीसीको महासचिवमा आमनेसामने भएका छन् ।

महेश श्रेष्ठ समूहबाट महासचिवमा उम्मेदवार हुने दुई वर्ष अगाडि देखिको योजना थियो गौरी जोशीको । यो कुरा श्रेष्ठ र जोशी दुवैले स्वीकार गर्दै सार्वजनिक गरिसकेका छन् । दुई वर्ष देखिको योजना र तयारीलाई भत्काएर जोशीलाई टिमबाट आउट गरेर आफू टिममा प्रवेश गरे सुबेदी । निर्वाचन पछि नतिजा जे जस्तो आए पनि यस पटकको निर्वाचन अगाडि भने सुबेदीले ठुलै जित निकाले ।  महेश श्रेष्ठको टिमबाट आउट भएपछि जोशी रन्थनिएर बद्री केसीको टिममा पुगेका हुन् । गत दुई वर्ष महासचिवको रूपमा काम गर्दा गौरी जोशीले अध्यक्ष बद्री केसीलाई कहिले पनि साथ दिएनन् । एनआएनएको सिइयो नियुक्ति देखि थुप्रै मुद्धामा अध्यक्ष केसीलाई असफल गराउन जोशीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अहिले चुनावी तालमेलका लागि मात्र केसीसँग पुगेका हुन् । केसी समूहको महासचिव भए पनि गौरी जोशीलाई साथ दिँदै आएका सबैजसो मासिनहरु अहिले महेश श्रेष्ठ समूह जिताउन अभियानमा क्रियाशील छन् । जोशीका कारण बद्री केसी समूहलाई सार्वजनिक रूपमा कुनै फाइदा पुग्ने काम भएको देखिँदैन ।

आइसीसी महासचिव तथा श्रेष्ठ समूहबाट उपाध्यक्ष पदका उम्मेदवार डाक्टर केशव पौडेलले बुद्धि सागर सुबेदीलाई एनआरएनए अमेरिकाको अध्यक्ष बनाउने देखि आइसीसीको महासचिवको उम्मेदवार बनाउनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गौरी जोशीसँगको प्रत्येक लडाइमा सुबेदीलाई साथ दिएर जोशीको इरादालाई तुसारापात गराइदिँदै आएका छन् डा पौडेलले । भन्छन् “हामी एउटै जहाजमा छौँ । बुद्धिजीले मैले दिएको आइडिया फलो गर्न सक्नु भयो भने जित सम्भव छ ।”

महासचिवमा सुवेदी बलियो हुँदैछन्: हरिबोल भण्डारी   

गौरी जोशीका सबै भन्दा ठुला सारथि हरिबोल भण्डारी नै अहिले गौरी जोशी महासचिव रहेको समूहको खिलाफमा देखिएका छन् । भण्डारीले बुद्धि सागर सुबेदी महासचिव रहेको महेश श्रेष्ठ समूहको फ्लायर नै आफ्नो फेसबुकमा राखेर टिमलाई नै जिताउन आह्वान गरेका छन् ।

त्यसमा बुद्धि सागर सुवेदीको फोटो पनि सार्वजनिक गरेको प्रस्ट देखिन्छ । नेपाली काँग्रेसका नेता भण्डारीले दूरबिन नेपालसँग कुरा गर्दै भने “पार्टीले महेशजी  बुद्धिजी लगायतको टिमलाई जिताउन जिम्मा दिएको छ त्यसमा लागेको छु । पछिल्ला दिनहरूमा गौरीजीको भन्दा बुद्धिजीको स्थिति राम्रो हुँदै गएको छ । सबै जनालाई महेशजी बुद्धिजी र सिङ्गो टिमलाई नै भोट हाल्न आह्वान गर्छु ।”

उपमहासचिवका उम्मेदवार प्रमोद सिटौला महासचिवमा बुद्धि सागर र गौरी जोशी बिच कडा प्रतिस्पर्धा रहेको बताउछन् । महासचिवको जित हारमा अध्यक्षका उम्मेदवार आरके शर्मा समूह निर्णायक हुन सक्ने सिटौलाको बुझाई रहेको छ ।

म इमानदार भएर महेश–बुद्धि टिम नै जिताउन लाग्छु: पन्त 

केही समय पहिलासम्म गौरी जोशीसँग निकट देखिएका कृष्णजिवी पन्त अहिले महेश श्रेष्ठ र बुद्धि सागर सुबेदी समूहबाट आइसीसी सचिव बनेका भन्छन् ।

पन्त भन्छन् “म जुन टिममा लाग्छु प्रस्ट भएर इमान्दर  पुर्वक लाग्छु । अहिले म महेश श्रेष्ठ र बुद्धि सागर सुबेदी रहेको समूहमा छु । म मात्र जित्ने होइन यो समूहलाई नै जिताउन इमान्दर भएर लाग्छु ।”

पन्तले विगतलाई सम्झँदै भने “म एनसीसी अमेरिकामा बुद्धिजीको उपाध्यक्ष भएर चुनाव लड्न खोजेको थिए । टिममा राखिएन । त्यस पछि म बाध्य भएर कृष्ण लामिछानेको टिममा गए ।” कृष्ण लामिछानेलाई त्यस बेला गौरी जोशीले अध्यक्षको उम्मेदवार बनाएका थिए । लामिछाने पराजित भए पनि पन्त विजयी भए । त्यस बेला एनआरएनए अमेरिकामा चासो राख्ने सबैले निर्वाचन अगाडि नै अनुमान गरेका थिए  ‘फरक फरक टिममा भए पनि बुद्धि सागर सुबेदी र कृष्ण जिवी पन्तले एक अर्कालाई सहयोग गर्छन्’ । नतिजा त्यस्तै आयो । दुवै विजयी भए । अहिले पनि त्यस्तै चर्चा बजारमा चल्ने गरेको छ । ‘फरक समूहमा हुँदा त आन्तरिक तालमेल थियो । अहिले त सार्वजनिक रूपमा नै सँगै छन् ।’

महेश श्रेष्ठ– बुद्धि सागर समूहलाई जिताउन ने वि सङ्घका पूर्व महामन्त्री तथा परमाणु वैज्ञानिक डाक्टर यादव पण्डित, नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुबेदी, महासचिव मुनेन्द्र नेम्वाङ, जनसम्पर्क समितिका नेताहरू भगवान् मैनाली, ज्ञानेन्द्र कार्की, लाल काफ्ले लगायत एउटै समूहमा रहेर क्रियाशील भएका छन् । नेपाली जनसम्पर्क समिति नेताहरूमा बाहिर देखिएको एकता जस्तै भित्री रूपमा काम भएमा श्रेष्ठ सुबेदी समूहले जित सहजै निकाल्न सक्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result