काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि लामिछानेले पत्रकार सम्मेलन गरी आफूलाई राज्यले फसाएको प्रतिक्रिया दिए।
सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा लामिछाने पक्राउ परेका हुन्। समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-