जाङ्गबु शेर्पा – दूरबिन नेपाल ।
अमेरिका ।
ट्रम्प प्रशासनले अवैधानिकरुपमा अमेरिका प्रवेश गर्ने आप्रावासिहरुको डिएनए नमुनाहरू सङ्कलन गर्ने योजना बनाइरहेको छ । यो अधिकार विशेषतः सीमा क्षेत्रमा रहेका अधिकारीहरूलाई प्रदान गरिने छ ।
अमेरिकी न्याय विभागले आप्रवासीहरूबाट लिइएका त्यस्ता डिएनए नमुनाहरू एफविआइको डाटाबेसमा समायोजन गर्ने र त्यसले आवश्यक परेका अवस्थामा अनुसन्धानको निम्ति सहज हुने उल्लेख गरेको छ ।
न्याय विभागले सोमबार संशोधित नियमले अवैधानिक रूपमा अमेरिका प्रवेश गरेर असाइलम फाइल गर्नेको निम्ति अनिवार्य हुनेछ । अधिकारीहरूले नयाँ नियम अमेरिकामा वैधानिकरुपमा प्रवेश गर्ने र स्थायी बसोबासको प्रमाणपत्र तथा १४ वर्ष भन्दा मुनिको हकमा भने लागु नहुने जनाएका छन् ।
यता अमेरिकी गृह मन्त्रालयले दुई हप्ता अघि नै सीमा क्षेत्रका अधिकारीहरूलाई योजनाको विस्तृत रूपरेखा बताएपनि कहिलेबाट आरम्भ हुने भन्ने मिति भने सार्वजनिक गरेको छैन ।
नयाँ नीतिले सरकारलाई सयौँ हजारौँ आप्रवासीको बायोमेट्रिक डाटा जम्मा गर्न अनुमति दिए पनि अधिकारकर्मीहरुले भने व्यक्तिको गोपनीयतामाथि प्रश्न खडा गर्दे डाटाको दुरुपयोग हुन सक्ने तर्फ चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्प प्रशासनले भने नयाँ नियमले आप्रवासीहरूबाट हुने अरू अपराधहरूलाई न्यूनीकरण गर्न र अमेरिकामा अवैधानिकरुपमा प्रवेश गर्न खोज्नुबाट निरुत्साहित गर्ने बताएको छन् ।
तर सन २०१४ मा क्रिमिनालोजीले गरेको एक अनुसन्धानमा स्थानीय अमेरिकी बस्तीहरूको तुलनामा आप्रावासिहरुको वस्तिमा अपराधको दर निकै कम रहेको देखिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-